+
+

अपाङ्गता बाल शिक्षा सरोकार केन्द्रलार्इ झापाली समाज यूएर्इको एक लाख सहयोग

रामप्रसाद ढुंगेल रामप्रसाद ढुंगेल
२०७४ मंसिर १० गते ८:४५

२६ नोभेम्बर,यूएई । झापाली समाज यूएईले झापाको अर्जुनधारा नगरपालिका कप्तानबारीमा रहेको अपाङ्ग बाल शिक्षा सरोकार केन्द्रलाई एक लाख रुपैयाँ अक्षयकोषका लागि सहयोग गरेको छ ।

मंसिर ९ गते शनिबार विर्तामोड सरसफाई अभियानसँगसँगै समाजको नेपाल सम्पर्क समितिको संयोजनमा उक्त रकम सहयोग स्वरुप प्रदान गरेको समाजका अध्यक्ष रोहित भण्डारीले बताएका छन् ।

समाजका नेपाल सम्पर्क समितिका संयोजक माइनसप्लस संग्रौलाको समापतित्वमा भएको अक्षयकोष हस्तान्तरण कार्यक्रममा इजरायलबाट रोजगारी पश्चात नेपाल फर्किएका झापालीहरु, रोड ट्रयाक क्लब, बिर्तामोड, हेल्पिङ हेन्डस् झापा, हामी छौं, शिवसताक्षी, दोमुखा सहकार्य युवा समुहको समेत साथ रहेको थियो ।

यसैबीच सहयोग हस्तान्तरण कार्यक्रम अघि समाजले बिर्तामोडको मुक्तिचोक वरपर सरसफाई समेत गरेको थियो ।

विर्तामोड नगरपालिकाका मेयर ध्रुवकुमार शिवाकोटीको प्रमुख आथित्यमा भएको कार्यक्रममा उपमेयर पबित्रा महतारा, विर्तामोड, वडा नम्बर ४ का अध्यक्ष कुलप्रसाद संग्रौला, वडा नम्बर ५ का अध्यक्ष राजेन्द्र लिङ्देन, शनिअर्जुन नगरपालिकाका मेयर कुमार राना, एक्सल बैंकका निर्देशक दिनेश पोखरेल, अपांङ्ग बाल सरोकार केन्द्रका संरक्षक कृष्णदेव दुलाल, बिर्ता लेडी जेसिसका तर्फबाट नैनकला भट्टराई र सन्जु मारसी  लगायतले झापाली समाज यूएईको सामाजिक कार्यको प्रशंसा गरेका थिए ।

झापाली समाज युएईका नेपाल सम्पर्क समितिका संयोजक माइनस प्लस संग्रौलाको संयोजनमा भएको कार्यक्रमको सञ्चाल समाजका आजीवन सदस्य सुनील चौहानले गरेका थिए ।

बिभिन्न सामाजिक कार्य गर्दै आएको समाजले यस अघि झापाका बाढीपीडित, बिरामी तथा असहायहरुलाई राहत सहयोग गरेर उदाहरणीय कार्य गर्दे आएको छ ।

कार्यक्रममा झापाली समाज यूएईका केन्द्रीय सदस्य तथा अनुशासन विभाग प्रमुख मित्रलाल पोखरेल, सल्लाहकार भरत बुडाथोकी, नेपाल सम्पर्क समितिका पूर्व संयोजक भुपाल शिवाकोटीले झापाली समाज युएईले विगतमा निर्वाह गरेको भूमिकाबारे बोलेका थिए ।

सम्पर्क समितिका उपाध्यक्ष प्रेम सेडाईले कार्यक्रमा उपस्थित सबैलाई स्वागत मन्तव्य प्रकट गरेका थिए ।

कार्यक्रममा समाजका पूर्व कोषाध्यक्ष दुर्गेश सापकोटा, पूर्व केन्द्रीय सदस्य निरु पाण्डे खरेल लगायतका व्यक्तिवहरुको उपस्थिति रहेको थियो ।

वैदेशिक रोजगारीको सिलसिलामा युएईमा रहेका झापालीहरुको सक्रिय सामाजिक संस्थाका रुपमा परिचत समाजले जिल्लाको सामाजिक तथा शैक्षिक विकासका अतिरिक्त विविध अभियान चलाउदै आएको छ ।

यस्तै एकता, सहयोग र सहकार्यको मूलमन्त्रमा प्रतिबद्ध समाजले असहाय तथा अपाङ्ग बालिबालिकाको शिक्षामा सहयोग गर्ने उद्धेश्यका साथ १० लाखको अक्षयकोष स्थापना गर्ने लक्ष्यका साथ आफ्नो अभियान चलाएको थियो ।

यसै अभियानको पहिलो प्रयास स्वरुप कृष्णदेव दुलालले सञ्चालन गदै आएको अपाङ्ग बाल शिक्षा सरोकार केन्द्रलाई एक लाख रुपैयाँको अक्षयकोष हस्तान्तरण गरिएको हो ।

झापाली समाजको क्षेत्रीय समन्वय परिषद्को सक्रियतामा गत दशैंमा सोही केन्द्रका बालबालिकाहरुलाई नयाँ कपडा प्रदान गर्दै एक दिन मिष्ठान्न भोजन समेत गराइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?