Comments Add Comment

आफ्नो स्मार्टफोनलाई सधै नयाँ राख्ने ५ काइदा

स्मार्टफोन पूरानो हुँदै जाँदा यसको रुपरंग मात्र होइन यसको कार्यक्षमता पनि घटिरहेको हामी सबैले अनुभुत गरेको कुरा हो ।

स्मार्टफोन पूरानो भएर स्लो हुँदै जाँदा हामीले यो किन्ने बेला यस्तो थियो भनेर सम्झिन्छौँ । र, त्यस्तै भैराखे त हुने नी भन्ने कल्पना गर्छौँ ।

आखिर पूरानो भैसकेको चिज फेरि नयाँ हुने त कुरा भएन । तर यदि हामीले केही उपाय अपनायौँ भने हाम्रो स्मार्टफोनलाई लामो समयसम्म काम र रुपमा समेत नयाँजस्तै टिकाइराख्न सक्छौँ ।

– स्मार्टफोनको खोल तथा स्क्रिन प्रोटेक्टर हाल्नेः सायद स्मार्टफोन भौतिक रुपमा जोगाउने यो सबैभन्दा सरल काइदा हो । यदि यसो गर्नुभयो भने फोनमा दागधब्बा लाग्नबाट जोगिने मात्र होइन फोन खसिहाल्यो भने फुट्ने जोखिम पनि कम हुन्छ । नयाँ फोनलाई मात्र होइन आफुले चलाइरहेको जुनसुकै फोनलाई पनि यस्तो खाले सुरक्षा प्रदान गर्नु बाञ्छनिय हुन्छ ।

– नियमित रुपमा सफा गर्नेः फोनको खोल तथा स्क्रिन प्रोटेक्टरको प्रयोगका साथसाथै तपाइँले आफुसँग एउटा माइक्रो फाइबर कपडा राखिरहनुपर्दछ । यसले तपाइँले आफ्नो फोन बेलाबेलामा सफा गरिरहनु पर्दछ । एउटा कुरा के हेक्का राख्नुपर्छ भने चिसो खाले नेपकिन वा पानीमा भिजाएको टिसु पेपर जस्ता ओसिलो चिजहरुले स्मार्टफोन सफा गर्नु हुँदैन ।

– होमस्क्रिनमा एपको भिड नलगाउनुहोस्ः कम्प्युटर तथा ल्यापटपको डेस्कटपमा थुप्रै फाइल, फोल्डर तथा प्रोग्रामका आइकन राख्दा जस्तो असर पर्दछ, स्मार्टफोनको होमस्क्रिनमा एपहरुको भिड जम्मा पार्दा पनि त्यस्तै हुन्छ । कम्प्युटरको डेस्कटपमा धेरै फाइल हुनाले कम्प्युटर स्लो भएजस्तै स्मार्टफोनको होमस्क्रिनमा हुने एपले पनि स्मार्टफोनको कार्यगतिलाई असर पार्दछ । साथै होमस्क्रिनमा हुने धेरै एपले ब्याट्रीको आयु पनि घटाउँदछ । त्यसैले स्मार्टफोनका होमस्क्रिनमा केवल अत्यावश्यक एपहरु मात्र राख्ने गर्नुहोस् ।

– एन्टीमालवेयर एपः फोनमा एन्टी भाइरस एप हुनु भनेको फोनमा कुनै भाइरस वा सफ्टवेयर खराबीको बारेमा नियमित रुपमा जाँच भैरहेको र त्यस्तो कुनै खतरा नरहेको कुरा सुनिश्चित भएको हुन्छ । गुगल प्ले स्टोरमा स्मार्टफोनका लागि धेरैवटा एन्टी भाइरस एप उपलब्ध छन् । तपाइँले ती मध्ये कुनै आधिकारिक एप छान्न सक्नुहुन्छ ।

– होसियारीः यसका साथै अन्य केही आधारभुत होसियारीका कुराहरु पनि छन् जुन आफ्नो स्मार्टफोनको सुरक्षाका लागि पालना गर्नुपर्दछ । पहिलो, प्रयोगमा नरहेको एपलाई ब्याकग्राउण्डमा चलिरहन नदिने । प्रयोगमा नरहेको बेला वाइफाइ र ब्लुटुथ बन्द गर्ने । स्मार्टफोनको ब्राउजर क्यासे नियमित रुपमा सफा गर्ने । स्मार्टफोनमा लामो समय इन्टरनेट चलाउँदा यदि ब्राउजर क्यासे हटाइएन भने त्यो स्मार्टफोनको मेमोरीमा जम्मा हुन्छ । यसले स्मार्टफोन स्लो बनाउँदछ । साथै स्मार्टफोनमा लाइभ वालपेपर प्रयोग नगर्नु पनि उत्तम हुन्छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment