Comments Add Comment

पहिलो चरणको निर्वाचनमा मतदानको समय सकियो

१० मंसिर, काठमाडौं । पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन भएका ३२ जिल्लामा मतदान समय सकिएको छ ।

बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म ती जिल्लाका मतदाताले केन्द्रमा पुगेर मतदान गरेका थिए ।

निर्वाचन अयोगले साँझ ५ बजेभित्र सम्बन्धित मतदान केन्द्रभित्र पुगेका मतदाताले मतदान गर्न पाउने जनाएको छ । त्यसैले केहि मतदान केन्द्रहरुमा मतदान प्रक्रिया अन्तिम चरणमा छ । तर, अधिकांश मतदान केन्द्रमा मते मतदान प्रक्रिया सकिएर मतपेटिका सील गरे सदरमुकाम पठाउने तयारी हुँदैछ ।

तर हेलिकोप्टर प्रयोग गर्नुपर्ने उच्च हिमाली क्षेत्रका मतपेटिका भने भोलि (सोमबार) बिहान मात्र सदरमुकाम ल्याइने निर्वाचन आयोगले जनाएको छ ।

स्थानीय तह निर्वाचनमा समग्रमा ७३ प्रतिशत मत खसेकोमा पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा करिव ६० प्रतिशत मत खसेको अनुमान गरिएको छ । यद्यपी निर्वाचन आयोगले यसबारे आधिकारिक जानकारी दिन बाँकी छ ।

उच्च पहाडी र हिमाली ३२ जिल्लामा आइतबार सकिएको निर्वाचनमा छिटपुट घटनाबाहेक मतदान शान्तिपूर्ण रहृयो । तर, स्थानीय तहको चुनावमा जस्तो यस चुनावमा मतदाताको उत्साह भने कमी पाइएको छ ।

सोलुखुम्बुको तिङलाका जनताले मतदान बहिस्कार गरेका छन् भने पश्चिम रुकुमको बाफीकोटस्थित रत्न मावि मतदान केन्द्रमा मतपत्र जलाइएपछि त्यहाँ प्रतिनिधिसभातर्फ मंसिर २१ गते पुनः मतदान हुनेछ ।

ताप्लेजुङ, सिन्धुपाल्चोक, गोरखा लगायतका जिल्लाहरुमा मतदानका क्रममा छिटपुट झडप भएका सामाचार आएपनि मानवीय क्षति भने भएको छैन । दोलखाको एक मतदान केन्द्रमा मतदानका लागि लाइन बसेकी एक महिलाको हृदयघातका कारण निधन भएको दोलखा प्रशासनले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment