Comments Add Comment

स्लिम स्वस्तिमा


नायिका स्वस्तिमा खड्कालाई सिंगो एउटा चलचित्रले त्यती चर्चा दिएन होला, जति चर्चा ‘कुटुमा कुटु’ बोलको गीतको भिडियोमा नृत्य गर्दा भयो । स्वस्तिमा यो गीतमा नृत्य गरेर चर्चित मात्र बनिन्, धेरैलाई फ्यान बनाउन पनि सफल भइन् ।

यसपछि, चलचित्र ‘छक्का पन्जा २’ले उनलाई नयाँ उचाई दियो । चलचित्र हिट हुनुमा थुप्रै फ्याक्टरले काम पनि गरेका छन् । तर, स्वस्तिमाकै वरिपरी चलचित्र घुमेकाले पनि उनलाई फाइदा भयो ।

निर्देशक निश्चल बस्नेतसँग बिहे गरेपछि बैबाहिक जीवनका कारण पनि उनी चर्चामा छिन् । तर, अहिले स्वस्तिमाले आफ्नै परिचय पनि बनाउँदै लगेको देखिन्छ । स्वस्तिमाले अब, नयाँ चलचित्र कस्तो खेल्छिन् भन्ने पर्खाइ पनि दर्शकमा छ ।

एक कार्यक्रममा भेटिएकी स्वस्तिमा आकर्षक देखिएकी थिइन् । उनी, झनै स्लिम बन्दै गएको तस्बिरबाट पनि प्रष्ट हुन्छ ।

तस्बिरः कमल प्रसाई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment