Comments Add Comment

रेड हट बर्षा

नायिका बर्षा सिवाकोटी पछिल्लो समय फेसनमा पनि विशेष ध्यान दिन थालेकी छिन् । जीम जान थालेकी बर्षा शारीरिक रुपमा फिट देखिएपछि पहिरनमा विशेष सजग छिन् । उनै बर्षाले अनलाइनखबरको ‘ओके र्यापिड फायर’मा प्रश्नको जवाफ दिदै केही कुराहरु खोलेकी छिन् । बर्षालाई सोधिएका प्रश्न र उनको जवाफ यस्तो छ:

१.पल शाह कि जीवन लुइटेल ?
पल शाह

२. प्रियंका कार्की कि स्वस्तिमा खड्का
प्रियंका कार्की

३. विकासराज आचार्य कि मिलन चाम्स
विकासराज आचार्य

४. फ्राइड राइस कि विरयानी ?
विरयानी

५. राम्री बर्षा कि असल बर्षा ?
असल बर्षा । म धेरै ज्ञानी छु ।

यो कुरा सत्य हो कि झुट हो ?
१. बर्षाको प्रेम धेरै टिक्दैन ?
झुट, टिक्छ नि किन नटिक्नु ।
२. बर्षालाई घमण्डी नायिका भनिन्छ ?
सही
३. बर्षालाई अरुको प्रगतीमा डाहा लाग्छ ?
झुट
४. बर्षा फिल्मी करिअरलाई लिएर अझै अलमलमा छिन् ?
झुट । अब सही बाटो समातिसकेँ ।
५. बर्षालाई बाहिरी दुनियाँसँग खासै मत्तलब छैन ?
सही

बर्षासँग गरिएको ‘ओके र्यापिड फायर राउन्ड’को भिडियो यहाँ हेर्नुहोस्ः

रातो पहिरनमा निकै सजिएकी बर्षाले अनलाइनखबरसँग विभिन्न पोजमा तस्बिर खिचाइन् । चैत्र १ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘पुरानो बुलेट’को प्रचारमा दौडिएकी नायिका सिवाकोटी यो चलचित्रबाट आशावादी छिन् । उनले, यो चलचित्र हेरेपछि दर्शकले आफ्नो भूमिकालाई मन पराउने दाबी समेत गरिन् ।

 

तस्वीर तथा भिडियोः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment