Comments Add Comment

रोचक बन्दै सप्तरी २ को चुनावी माहोल


संघिय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवविरुद्ध उम्मेदवारी दिएका अर्का उम्मेदवार जयप्रकाश ठाकुरले चुनाव जित्ने दाबी गरेका छन् । नेपालको राजनीतिमा लामो समय संघर्षमा खर्चेर आफूले जनताको मन जितेको भन्दै उनले यसपटक जित सुनिश्चित भएको दाबी समेत गरे ।

राजपाका पूर्व सह–महामन्त्रीसमेत रहेका यादव सप्तरीमा लोकप्रिय नेताको रुपमा परिचित छन् । कांग्रेसले केन्द्रिय स्तरबाट उपेन्द्र यादवलाई सघाउने निर्णय गरेपनि स्थानिय नेता तथा कार्यकर्ताले भने आफूलाई भोट हाल्नेमा ठाकुर ढुक्क देखिएका छन् ।

सप्तरी क्षेत्र नम्बर २ मा यादव र ठाकुरसहित बाम गठबन्धनका उमेश यादव चुनावी मैदानमा छन् । यसैले, यहाँको चुनावी प्रतिस्पर्धा रोचक हुने आँकलन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment