+
+

आइफोन-टेन नेपालमा, मूल्य १ लाख ५९ हजार

अनलाइनखबर अनलाइनखबर
२०७४ मंसिर १४ गते १९:१२

१४ मंसिर, काठमाडौं । एप्पलको नेपालका लागि आधिकारिक बितरक जेनरेशन नेक्स्ट कम्यूनिकेसन प्रालिले आइफोन टेन शुक्रबारदेखि नेपालमा बिक्रि सुरू हुने भएको छ ।

आइफोन टेन नेपाली बजारमा ६४ जीबी र २५६ जीबी स्टोरेजमा मात्र उपलब्ध हुनेछ भने सिल्भर र स्पेस ग्रे कलर अप्सनमा आउने छ ।

६४ जीबीको अाइफोन टेनको मूल्य १ लाख ३८ हजार र २५६ जीबीको मूल्य १ लाख ५९ हजार रूपैयाँ पर्ने एप्पलको नेपालका लागि अाधिकारिक  विक्रता जेननेक्स्टले जनाएको छ ।यो मूल्यमा भ्याटसमेत जोडिएको छ ।

अर्ध बाषिर्कमा एकजना भाग्यशाली बिजेताले स्कूटर लक्की ड्रमार्फत जित्न सक्नेछ । यो अफरमा सहभागी हुनका लागि, ग्राहकहरुले जेननेक्स्टको वेबसाइटमा आइएमइआइ नम्बर दर्ता गर्नुपर्नेछ ।

सक्कली भ्याटबिल लिन तथा एप्पलका उत्पादनहरुमा १ वर्षको वारेन्टिका लागि ग्राहकलाई आधिकारिक च्यानलहरुबाट मात्र खरिद गर्न कम्पनीले ग्राहकहरुलाई अनुरोध गरेको छ ।

‘हामी ग्राहकहरुलाई सक्कली बिल मात्र लिन हुन हार्दिक अनुरोध गर्दछौं । हाम्रा आधिकारिक डिलरहरुः इभो स्टोर, ओलीज, फ्यूचर वल्र्ड, आइस्टोर (राइजिङ मल), क्विालिटी कम्प्यूटर (बिर्तामोड), कम्प्यूटर सेल्स सेन्टर (बुटवल), आरपीएल ग्रुप (बिर्तामोड), न्यू एटुजेट मोवाइल हाउस (नारायणगढ) बाट मात्र खरिद गर्नुहोस् र जेननेक्स्टको होलोग्राम बक्समा हेर्न नभुल्नुहोला,’ विज्ञप्तिमा भनिएको छ ।


ग्राहकलेे खरिद गरेको एप्पलका उत्पादनहरु आधिकारिक हुन वा होइनन थाहा पाउनका लागि ग्राहकले यो वेबसाइट लिंकमा गएर एप्पल आइफोनको सिरियल नम्बर अथवा आईएमईआई नम्बर राखेर जाँच गर्न सक्नेछन् ।

सबै ग्राहकले कृपया एप्पलका सक्कली उत्पादनहरुका लागि मात्र रकम खर्च गरुन् र एप्पल स्ट्याण्डर्ड वारेन्टी प्राप्त गरेर खरिद गर्दा सर्तकता अपनाउन् भन्ने हेतुका साथ यस्तो आग्रह गरिएको कम्पनीले जनाएको छ ।

‘थुप्रै फोनहरु अनधिकृत रुपमा देश भित्र आयात हुने गरेका छन् र ती उच्च मुल्यका हुन्छन्, तर त्यस्ता फोनहरुको कुनै वारेन्टी हुँदैन र फोन भित्रका विभिन्न पार्टहरु पनि न्यून गुणस्तरका सामाग्रीहरु राखेर फेरिएका हुन्छन् । एप्पलका प्रयोगकर्ताहरुलाई अनुरोध छ की सक्कली उत्पादनहरु मात्र खरिद गरौं र अनधिकृत रुपमा आउने सामाग्रीहरुबाट टाढै रहौं,’ कम्पनीले भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?