+
+

सेफ्टी ट्याङ्कीमा डुबेर एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७४ मंसिर १५ गते ८:२५


१५ मंसिर, ताप्लेजुङ । तेह्रथुमको आठराई गाउँपालिका–१, संक्रान्तिबजारस्थित निर्माणाधीन घरको सेफ्टी ट्याङ्कीमा एक युवक मृत अवस्थामा फेला परेका छन् ।

फेदाप गाउँपालिका–५, इसिवुका २५ वर्षीय दिपेन फोम्बोलाई ट्याङ्कीमा मृत अवस्थामा फेला पारिएको इलाका प्रहरी कार्यालय संक्रान्तिबजारले जनाएको छ ।

स्थानीय दलाहाङ माबोको निर्माणाधीन घरको सेफ्टी ट्याङ्कीमा मृत भेटिएका दिपेन मंगलबार देखि नै बेपत्ता भएका थिए । २० फिट अग्लो डिलबाट लडेर ट्याङ्कीमा परेपछि फोम्बोको ज्यान गएको हुनसक्ने प्रहरी निरीक्षक डम्बर पुरीले जानकारी दिए । घटनाका विषयमा अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?