+
+

एभरेष्ट बैंकले गर्यो दुष्टिविहिन विद्यार्थीलाई सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७४ मंसिर १७ गते १६:२८


१७ मंसिर, काठमाडौं । विश्व अपाङ्गता दिवसको अवसर पारेर एभरेष्ट बैङ्कले सामाजिक उत्तरदायित्व (सिआरएस) कार्यक्रम अन्र्तगत अशक्त बालबालीकालाई सहयोग गरेको छ । आइतवार लगनखेलको नमुना मेहेन्द्र माध्यमिक स्कुलका दुष्टिविहिन विद्यार्थीलाई आवश्यक सामाग्री वितरण गरेको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठ र नायब महाप्रबन्धक राजिव जैनले उक्त सामाग्री वितरण गरेका छन् । उक्त कार्यक्रममा स्रोत व्यक्तिको रुपमा बुद्ध लक्ष्मी श्रेष्ठ, बैंकका बरिष्ठ प्रबन्धक रंजन खड्का र लगनखेल ब्राञ्चका म्यानेजर लभ कुइकेलको उपस्थिती रहेको थियो ।

बैङ्कले यस्ता कार्य लगनखेल शाखाबाट मात्र नभई देशभर फैलिएका आफ्ना विभिन्न शाखाबाट यस्ता कायक्रममा संचालनमा गरेको छ । साथै, बैङ्कले सामाजिक दायित्वको सन्दर्भमा यस अघिपनि शिक्षा, स्वास्थ्य र पूर्वाधार क्षेत्रमा सामाजिक उत्तरदायित्व अन्र्गगत सहयो गर्दै आइरहेको छ ।

बैंकले आफ्नो उत्कृष्ट सेवाहरु देशभर फैलिएका ६४ शाखा कार्यालय, २ एक्टेन्सन काउन्टर, २८ राजस्व काउन्टर, ९४ एटिएम र ५००० हजार भन्दाबढी भुक्तानी एजेन्टको माध्यमबाट दिदै आइरहेको छ । साथै एभरेष्ट बैंक भारतमा पहिलो प्रतिनिधि कार्यलय खोल्ने बैंक समेत रहेको छ । बैंकले एसियन पेन्टस् न्युबिज “बेस्ट म्यानेज्ड कमर्सियल बैंक अवार्ड २०१३” को सम्मान प्राप्त गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?