Comments Add Comment

रुपन्देही १ को चुनावः ०७० सालकै प्रतिस्पर्धी मैदानमा

छविलाल विक (वायाँ) र अब्दुल रज्जाक

१८ मंसिर, बुटवल । मंसिर २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रूपन्देही क्षेत्र नम्बर १ मा २०७० सालको संविधानसभा निर्वाचनका मुख्य प्रतिस्पर्धीबीच नै भिडन्त हुँदैछ ।

यहँ वाम र लोकतान्त्रिक गठबन्धनबीच कडा टक्कर हुने देखिन्छ । वाम गठबन्धनबाट एमालेका स्थायी कमिटी सदस्य छविलाल विश्वकर्मा र लोकतान्त्रिक गठबन्धनबाट कांग्रेस रूपन्देही सभापति अब्दुल रज्जाक उम्मेदवार छन् ।

विश्वकर्मा पूर्वमन्त्री हुन् भने रज्जाक बहालवाला खानेपानी तथा सरसफाई राज्यमन्त्री । ०७० को चुनावमा रज्जाकले विश्वकर्मालाई २०४ मतान्तरले पराजित गरेका थिए ।

यसपटक चार वर्ष अगाडिको हिसाब मिलाउने दाउका साथ विश्वकर्मा चुनावी अभियानमा जुटेका छन् भने रज्जाक विगतको जित दोहोर्‍याउने विश्वासमा छन् ।

माओवादीसँग गठबन्धन बनेपछि विश्वकमालाई केहि राह मिलेछ । तर, कांग्रेसका जिल्ला सभापति समेत रहेका रज्जाक निकै बलिया मानिन्छन् । उनलाई राप्रपा प्रजातान्त्रिकको पनि साथ छ ।

रूपन्देहीका लागि दुवै उम्मेदवार परिचित अनुहार हुन् । कांग्रेस उम्मेदवार रज्जाकले लोकतन्त्र रक्षाका लागि जनताले लोकतान्त्रिक गठबन्धनलाई विजयी गराउने बताए । ‘म निर्वाचित भएपछि यस क्षेत्रमा कति काम गरेँ त्यो जनतालाई नैं थाहा छ । मैले भन्नु पर्दैन’ रज्जाकले भने, देवदह तथा समग्र रूपन्देही क्षेत्र नम्बर १ को विकासका लागि जनताले पुनः मलाई नै विजयी गराउँछन् । हाम्रो गठबन्धन १० हजार मतान्तरले मतले बिजयी हुन्छ ।’

विश्वकर्मा पार्टी अध्यक्ष केपी ओलीको विश्वासपात्र मानिन्छन् भने रज्जाक कांग्रेस सभापति शेरबहादुर देउवा निकट छन् । विगतमा झिनो मतले पराजित भए पनि यसपटक आफूलाई जनताले विजयी गराउने विश्वकर्माले दाबी छ ।

प्रदेशसभातर्फ वाम गठबन्धनले एमालेका डा. कृष्ण र माओवादी केन्द्रका दधिराम न्यौपाने -माधव शर्मा)लाई उम्मेदवार बनाएका छन् भने लोकतान्त्रिक गठबन्धनबाट राप्रपा (प्रजातान्त्रिक) का ताहिर अली र कांग्रेसका हरि न्यौपाने उम्मेदवार छन् ।

यस क्षेत्रमा देवदह नगरपालिका र तिलोत्तमा नगरका वडा नम्बर ७, ८, ९, १०, ११,१२ १५, १६ र १७, ओमसतिया गाउँपालिकाका १, ३, ४, ५, ६ र रोहिणी गाउँपालिका पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment