Comments Add Comment

इलाममा भारतीय सीमा नजिकबाट १२ जना पक्राउ

२० मंसिर, इलाम । निर्वाचन विरोधी गतिविधि र चन्दा असुलीमा सक्रिय रहेको भन्दै इलामको सीमा क्षेत्रबाट प्रहरीले १२ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरु सबै इलाम जिल्ला बाहिरका छन् ।

प्रहरीले सुर्योदय नगरपालिका १ गोर्खबाट खैरेनी नगरपालिका ४ का ४९ वर्षीय मुक्तिनाथ अधिकारी, सिरार गाउँपालिका ५ गुल्मीका २० वर्षीय तजेन्द्र जिसी, १७ वर्षीया कोपिला थापा, इस्मारजस्थल दोढुवा २ घर भएका हाल काठमाडौं तारकेश्वर नगरपालिका ५ बस्ने ४१ वर्षीया कृष्णा थापा, ३२ वर्षीया मिना केसी, खैरेनी नगरपालिका ४ का ५१ वर्षीय बसन्तबहादुर बराललाई पक्रेको हो ।

यसैगरी शुक्लागण्डकी नगरपालिका १३ तनहुँका २८ वर्षीय रामु सुवेदी, सिरानचोक गाउँपालिका ८ गोर्खेका २० वर्षीय अग्नी उपरकोटी, खैरेनी देवदह गाविस ४ रुपन्देहीका २२ वर्षीया माया पुलामी, फेदाप गाउँपालिका २ तेह्रथुमका ३० वर्षीया कृष्णप्रसाद अधिकारी, पाँचखाल नगरपालिका ८ संखुवासभाका ३० वर्षीय रमेश गौतम र २९ वर्षीय अर्जुनकुमार गौतम पनि पक्राउ परेका छन् ।

प्रहरी उनीहरुलाई चन्दाको रसिद सहित मंगलबार विहान चार बजे पक्राउ गरेर साँझ जिल्ला प्रहरी कार्यालयमा ल्याई अनुसन्धान गरिरहेको छ । उनीहरुलाई निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आशंकामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रमेश बस्नेतले बताए ।

यसभन्दा अघि निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको भन्दै प्रहरीले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका १२ जना कार्यकर्ता पक्राउ गरेर हिरासतमा राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment