Comments Add Comment

सुशील र रुविनाको ‘लभ डायरिज’ घोषणा


चलचित्र ‘लभ डायरिज’को घोषणा भएको छ । सौरभ चौधरीले यो चलचित्रको निर्देशन गर्ने भएका छन् । यो चलचित्रमा नायक सुशिल श्रेष्ठको मुख्य भूमिका रहनेछ । साथमा, चलचित्रमा रुविना थापा, विश्वजित रिमाल, विष्णु सापकोटाको मुख्य भूमिका रहनेछ । यो चलचित्रका लागि नायक श्रेष्ठले कपाल समेत पालेका छन् ।

निर्माण टिमले सुशिलको नयाँ लुक्स पनि सार्वजनिक गरेको छ । चलचित्रमा साहिल खान एसोसियट निर्देशकको रुपमा रहनेछन् । चलचित्रमा साहिल र मिलन श्रेष्ठको सम्पादन रहनेछ ।

इइस्टेर इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको चलचित्रमा विनोद सापकोटाको निर्माण, वीवी ढकालको सह-निर्माण रहनेछ । चुनाव लगतै छायांकनमा जाने लागेको चलचित्रमा संजय लामाको छायांकन, अर्जुन पोखरेल र कविराज गहतराजको कोरियोग्राफी रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment