Comments Add Comment

मतदाता फकाउन भोजै भोज !

२० मंसिर, रौतहट । प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनका लागि २४ घण्टा भन्दा कम समय बाँकी रहदा रौतहटका उम्मेदवारहरुको बेचैनी बढेको छ । मौन समयको उल्लंघन गर्दै उम्मेदवारहरु मतदाता प्रभावित पार्न सक्रिय छन् ।

कुखुरा विवादमा कुटाकुट

गढीमाई नगरपालिका- ६ धरमपुरमा कांग्रेस र राजपा कार्यकर्ताबीच झडप भएको छ ।

कांग्रेस कार्यकर्ताले कुखुरा बाड्न खोजेको भन्दै राजपाका कार्यकर्ताले विरोध गर्दा भएको झडप भएको हो । झडपमा परी राजपाका स्थानीय नेता विशम्भर राय यादव र नन्दु यादव घाइते भएका छन् । उनीहरु दुवैको जिल्ला अस्पताल गौरमा उपचार हुन नसकेपछि थप उपचारका लागि वीरगञ्ज पठाइएको छ ।

घटनमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

धरमपुर एक प्रतिनिधि गाँउ मात्रै हो, जिल्लाका अधिकांश मतदाताको घर घरमै उम्मेदवारले माछा र कुखुरा पुर्‍याएका छन् । प्राय गरिब तथा दलित बस्तीहरुका मतदाता रिझाउन उम्मेदवारहरुले मासु र मदिरा बाँड्ने गरेका छन् ।

व्यापारीलाई भने भ्याइनभ्याइ छ । गरुडा बजारमा रहेको मासु पसलमा राति एक बजेदेखि कुखुराको मासु तयार गरिँदै छ ।

तीन सय पचास किलो कुखुराको मासुको अर्डर आएपछि पसलेले मध्यरात देखि नै मासु तयार पर्न थालेको हो ,
‘दुई क्वीन्टल माछाको अर्डर आएकोले दिउँसो १२ बजेसम्म माछा पुर्‍याउने हतार छ’ गौर बजारका एक माछा व्यापारी भन्छन्, उम्मेदवारजीका भोज छ त्यही भएर ।’ मासु भन्दा सस्तो हुने भएकाले उम्मेदवारहरुले माछामा बढी जोड दिन्छन् ।

अहिले भन्दा स्थानीय निर्वाचनमा बढी व्यापार भएको माछा व्यवसायीको भनाइ छ ।

स्थानीय प्रशासनले मदिरा विक्री वितरणमा रोक लगाए पनि प्रायः सबै ठाउँमा मदिरा सजिलै उपलब्ध छ ।

अनुगमन तथा निगरानी गर्ने निकायहरु सुस्त हुँदा भोज तथा मदिरा विक्री रोकिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment