Comments Add Comment

मिर्चैयामा वृद्धमाथि छुरा प्रहार

२० मंसिर ,लहान । मिर्चैया नगरपालिका ४ कुथनमामा एक जना बृद्ध माथि छुरा प्रहार भएको छ ।

छुरा प्रहारबाट स्थानीय करीब ५० बर्षीय राम अबतार महतो गम्भिर घाइते भएका छन् । उनजको स्थानीय स्वास्थ्य संस्थामा उपचार सम्भव नभएपछि थप उपचारका लागि वीपी कोइराला स्बास्थ्य विज्ञान प्रतिष्ठान धरान रेफर गरिएको ईलाका प्रहरी कार्यालय मिर्चैयाले जनाको छ ।

छुरा प्रहार गरेको आरोपमा स्थानिय २ जनालाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरिक्षक (डिएसपी) गजुसिद्धि बज्राचार्यले बताए ।

पक्राउ परेकाहरुको नाम गोप्य राखिएको छ । छुरा प्रहार आपसी झगडाको कारणले भएको हुन सक्ने प्रहरीको अनुमान रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment