Comments Add Comment

क्लब डेजाभूमा नविन केको ‘साँझपख..’

‘साँझपख एकान्तमा’, ‘तिमी हौं लाखौंको धड्कन’, ‘तिमीले हेर्दा कसैलाई’ जस्ता गीतको धङधङ्ती अझै मरेको छैन । यही गीतलाई असली स्वादमा सुन्न, नविन के भट्टराईलाई कुर्नुपर्छ । र, यसका लागि उनी उपस्थित हुँदैछन्, दरबारमार्गको क्लब डेजाभूमा ।

लामो ग्यापपछि उनी मञ्चमा गीटार लिएर उभिनेछन् । र, आफ्ना लोकपि्रय गीतहरु सुनाउनेछन् । यसको तारतम्या मिलाएको हो, टच ईन्टरटेन्मेन्ट एण्ड स्पर्श फिल्म्सले । उनलाई बाद्ययन्त्रमा साथ दिनेछ, अतृप्त ब्यान्डले । यसका लागि पुस १ गतेको साँझ कुर्नुपर्नेछ ।

साँझ ७ बजेपछि नविन के भट्टराई गुञ्जनेछन् । उनले करिब दुई दर्जन गीत-संगीत ननस्टप सुनाउनेछन् । गायक भट्टराई आवद्ध अतृप्त ब्याण्डमा भने चार जना संगीतकर्मी छन् । ब्याण्डमा प्रभात रिसाल ड्रमरको रुपमा छन् भने धिरज क्षेत्री ब्याक भोकल तथा रिदम गिटारिष्टको रुपमा आवद्ध छन् । भाष्कर राज घिमिरे लिड गिटारिष्टको रुपमा आवद्ध ब्याण्डमा चन्दन दर्शनधारी बास गिटारिष्टको रुपमा सक्रिय छन् ।

गायक भट्टराईको लाइभ कन्सर्ट लगत्तै क्लबमा डिजे सेसन सञ्चालन गरिने आयोजक संस्थाका प्रमुख एसराज गराचले जनाएका छन् । डिजे शिशिर तथा गायिका बबिता मानन्धर डिजे सेसनको आकर्षणको रुपमा रहने छन्  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment