Comments Add Comment

नेपाल–यूएईबीच दोस्रो खेल जारी, सोमपालले सुरुमै लिए ४ विकेट

फाइल फोटो

काठमाडौं, २२ मंसिर । विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तरगत नेपाल र यूएईबीचको दोस्रो खेलमा यूएई दवावमा आएको छ । नेपालका फास्ट बलर सोमपाल कामीले यूएईका प्रारम्भिक चार ब्याट्सम्यानलाई छिट्टै पेभिलियन फर्काएका छन् ।

१४ ओभरको खेल सकिँदा यूएई २४ रन मात्र बनाएर चार विकेट गुमाइसकेको अवस्थामा छ । सोमपालले यूएईका कप्तान रोहन मुस्तफासहित अस्फाक अहमद, गुलाम साबर र रमिज सहेजादलाई आउट गरेका हुन् ।

उनीहरु कसैले पनि दोहोरो अंकमा रन बनाउन सकेनन् । मोहम्मद उस्मान र मोहम्मद बुटा क्रिजमा अहिले संघर्षरत छन् ।

अर्का बलर ललित भण्डारीले निकै किफायति बलिङ गरिरहेका छन् । उनले सात ओभर बलिङ गर्दा ४ मेडन राख्दै सात रन मात्र दिएका छन् ।

यूएईविरुद्धको पहिलो म्याचमा नेपाल सात विकेटले पराजित भएको थियो । दोस्रो म्याचमा नेपालले शक्ति गौचनको स्थानमा सागर पुनलाई स्थान दिएको छ । नेपाल र यूएई दुवै डिभिजन टुमा घटुवा भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment