+
+

‘बिकिनी क्विन’की नातिनीले बलिउडमा मच्याउलिन् धमाका ?

सारा अली खानको बलिउड डेब्यु

अनलाइनखबर अनलाइनखबर
२०७४ मंसिर २२ गते १४:०९

आफ्नो जमनाकी ग्ल्यामरस हिरोइन शर्मिला टैंगोर । शर्मिला त्यही अभिनेत्री हुन्, जसले बलिउडमा पहिलो विकिनी पोज दिइन् । ६० देखि ८० को दशकमा बलिउड अभिनेत्रीलाई बिकिन अवतारमा देखिनु सामान्य मानिदैनथ्यो । त्यस्तो पृष्टभूमीमा शर्मिलाले हिम्मत गरिन्, विकिनी र स्विमसूट फोटोसुटका लागि ।

१९६६ मा उनले फिल्मफेयर म्यागजिनका लागि कभर फोटो खिचाएकी थिइन्, बिकिनीमा । भारतिय दर्शकले पहिलो पटक आफ्ना अभिनेत्रीलाई यस्तो स्वरुपमा देखेका थिए । त्यसैले शर्मिलाको बिकिनी पोजले त्यसबेला ठूलै हलचल मच्यायो ।

भनिन्छ, जब शर्मिला फोटोशूटका लागिव स्टुडियो पुगिन्, त्यसबेला फोटोग्राफरले सोधे कि, ‘के लगाउने हो ?’

तब शर्मिलाले आफ्नो टु पिस स्विमसुट पर्सबाट निकालिन् । भनिन्, ‘यो लगाएर फोटोशूट गर्छु ।’ उनको बिकिनी फोटो म्यागजिनको कभरमा प्रकासित भएसँगै त्यसले हंगामा मच्यायो । उनी बिवादित बनिन् । यद्यपी त्यसो फाइदा उनको फिल्मी करियरमा पुग्यो । त्यसबर्ष मात्र उनले लगातार पाँचवटा फिल्ममा काम गरिन् ।

नातिनी पुस्ता

अहिले उनकी नातिनी अर्थात अभिनेता सैफ अली खानकी छोरी सारा अली खान बलिउडमा भाग्य चम्काउने तरखरमा छिन् ।

बलिउड स्टार किड्स त्यसैपनि लाइम लाइटमा रहने गर्छन् । त्यसमाथि साराले त फिल्म नै खेल्दैछिन् । फिल्म हो,  केदारनाथ । यसमा उनले सुशांन्त सिंह राजपूतसँग स्त्रिmन शेयर गर्दैछिन् ।

केदारनाथअघि उनले कुन फिल्मबाट डेब्यु गर्नेछिन् भन्ने कुरा चर्चा र चासोको बिषय थियो । कतिले करण जौहरले उनलाई बलिउड डेब्यु गराउने अड्कल गरेका थिए । यशराज फिल्म्स्का लागि उनले अडिसन दिएको कुरा पनि बाहिर आयो । यद्यपी बाहिर चर्चा आएको फिल्म वा टिममा उनी परेनन् ।

यसबीचमा उनकी आमा अमृता सिंहले उनलाई चेतावनी दिएको खबर समेत बाहिर आयो । छोरी बढी ग्ल्यामरस हुँदै गएपछि आमा अमृताले उनलाई सजग गराएकी थिइन् ।

खुशी थिएनन सैफ

छोरीको बलिउड डेब्युले सैफको रक्तचाप बढाइदियो । उनले आफ्नो छोरीको यस्तो कदमले खुसी नभएको अभिव्यक्ति दिएका थिए । छोरीको करियरका लागि आफु चिन्तित रहेको उनले जनाउ दिएका थिए । उनले स्पष्टसँग भनेका थिए, ‘म सारालाई फिल्ममा देख्न चाहन्न । म यसकारण दुखी छु कि, एक्टिङ प्रोफेसन टिकाउ करियर होइन ।’

तर, अमृतालाई सैफको यो बयान चित्त बुझेन । उनले पनि सैफलाई जबाफ फर्काइन् । सायद सैफले विवादलाई तन्काइरहन उचित ठानेनन्, चुप लागे ।

चर्चा र विवाद

त्यसो त सारा विभिन्न इभेन्टमा देखा पर्ने गरेकी छिन् । सोशल मिडियामा पनि सक्रिय छिन् । आफ्नो हट तस्विरका लागि उनको बेलाबखत चर्चा हुने गर्छ । केहि समयअघि साराको तस्विर भाइरल भएको थियो । उक्त फोटो उनले रणवीर सिंहसँग खिचेकी थिइन् । उक्त फोटो उनले आफ्नो इन्स्टाग्राममा पोस्ट गरेकी थिइन् ।

यसअघि उनको कारणले अभिनेता सलमान खान समेत भड्किएको खबर बाहिर आएको थियो । साराले अर्पिताकी पतिसँग फिल्म डेब्यु गर्ने चर्चा आएसँगै सलमान भड्किएको बताइन्थ्यो । अर्पिता सलमानकी बहिनी हुन् ।

सलमानको ज्वाई आयुश शर्मासँग स्त्रिmन शेयर गर्ने कुराले सलमान निकै रिसाए । यतिसम्म कि, यस विषयमा सलमानको पिआर एजेन्सल्े एक प्रेस रिलिज समेत निकालेको बताइन्छ ।

पछि साराले करणको फिल्मबाट डेब्यु गर्ने हल्ला चल्यो । त्यसबेला सलमानले सारालाई म्यासेज गरेर भेट्न चाहे । तर, साराले त्यसको जबाफ दिइनन् । यसले पनि सलमानको चित्त दुख्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?