Comments Add Comment

काठमाडौंका ८ वटा क्षेत्रमा वाम गठबन्धन अगाडि, २ वटामा कांग्रेस (यस्तो छ पछिल्लो अपडेट)

२२ मंसिर, काठमाडौं । काठमाडौंका १० वटा निर्वाचन क्षेत्रमध्ये ८ वटामा वाम गठबन्धन र २ वटामा नेपाली कांग्रेसले अग्रता कायम गरेको छ ।

कांग्रेसले काठमाडौं क्षेत्र नं. १ र १० मा अग्रता कायम गरेको छ भने वाम गठबन्धनका लागि नेकपा एमालेले काठमाडौं क्षेत्र नं. २, ३, ४, ५, ७, ८ र ९ र माओवादी केन्द्रले क्षेत्र नं. ६ मा अग्रता कायम गरेको हो ।

मतगणनास्थलमा रहेका अनलाइनखबरकर्मीहरुद्वारा प्राप्त पछिल्लो अपडेटअनुसार क्षेत्र नं. १ मा ३ हजार ५ सय ९० मत ल्याउँदै कांग्रेस उम्मेदवार प्रकाशमान सिंहले अग्रता कायम गरेका छन् ।

उनलाई पछ्याउँदै विवेकशील साझा पार्टीका रविन्द्र मिश्रले २ हजार ९ सय १६ मत ल्याएका छन् । त्यस्तै, अर्का प्रतिस्पर्धी माओवादी केन्द्रका उम्मेदवार अनिलकुमार शर्माले १ हजार ५ सय ३४ मत ल्याएका छन् ।

क्षेत्र नं. २ मा एमाले उम्मेदवार माधवकुमार नेपाल २ हजार ८ सय ४० ल्याउँदै अगाडि छन् । उनलाई पछ्याउँदै कांग्रेसका उम्मेदवार दीपक कुइँकेलले १ हजार ४ सय ५४ र विवेकशील साझा पार्टीका सूर्यराज आचार्यले १ हजार २ सय ६५ मत ल्याएका छन् ।

क्षेत्र नं. ३ मा एमाले उम्मेदवार कृष्णबहादुर राई २ हजार ६ सय २५ मत ल्याउँदै अगाडि छन् भने कांग्रेस उम्मेदवार अम्बिका बस्नेतले २ हजार ५ सय ५१ मत ल्याएकी छिन् ।

काठमाडौं क्षेत्र नं. ४ मा एमाले उम्मेदवार राजन भट्टराईले ५ हजार ६३ मत प्राप्त गरेका छन् । कांग्रेस उम्मेदवार गगनकुमार थापाले ५ हजार २७ मत ल्याएका छन् ।

क्षेत्र नं. ५ मा एमाले उम्मेदवार ईश्वर पोखरेलले अग्रता कायम गरेका छन् । उनले १४ सय ल्याएका छन् भने कांग्रेस उम्मेदवार प्रकाशशरण महतले ३ सय १३ मत ल्याएका छन् । यद्यपि, त्यहाँ अहिले मतगणना स्थगित छ ।

खसेको मतभन्दा १२ मत बढी भेटिएपछि मतगणना स्थगित भएको हो । बुढानिलकण्ठ नगरपालिकाको विष्णुपादुका ‘क’ र नारायणथान सतल ‘क’ बुथको मत संख्या मुचुल्चा गरिएको भन्दा १२ मत बढी भेटिएपछि विवाद भएको थियो ।

क्षेत्र नं. ६ मा माओवादी केन्द्रका उम्मेदवार झक्कु सुवेदीले अग्रता कायम गरेका छन् । उनले १ हजार ७ सय २५ मत ल्याउँदा कांग्रेस उम्मेदवार भीमसेन दास प्रधानले १ हजार ४ सय ६१ मत प्राप्त गरको छन् ।

काठमाडौं क्षेत्र नं. ७ मा एमाले उम्मेदवार रामवीर मानन्धरले अग्रता कायम गरेका छन् । मानन्धरले ३ हजार ३ सय ६७ मत ल्याउँदा लोकतान्त्रिक गठबन्धनका राप्रपा उम्मेदवार विक्रमबहादुर थापाले १ हजार ८ सय ८२ मत ल्याएका छन् । त्यस्तै, विवेकशील साझा पार्टीले १ हजार १ सय ५५ मत ल्याएको छ ।

काठमाडौं क्षेत्र नं. ८ मा कांग्रेस उम्मेदवार नविन्द्रराज जोशीलाई एमालेका जीवनराम श्रेष्ठले पछि पारेका छन् । एमालेका उम्मेदवार जीवनराम श्रेष्ठले ५ हजार ९ सय ८८ मत ल्याएका छन् भने जोशीले ५ हजार ८ सय ७८ मत ल्याएका छन् ।

क्षेत्र नं. ९ मा एमाले उम्मेदवार कृष्णगोपाल श्रेष्ठले अग्रता कायम गरेका छन् । उनले ४ हजार २ सय ३३ मत ल्याउँदा प्रतिस्पर्धी कांग्रेस उम्मेदवार ध्यानगोविन्द रञ्जितले २ हजार ८ सय ७८ मत ल्याएका छन् । त्यस्तै, विवेकशील साझा पार्टीका मिलन पाण्डेले ९ सय ४३ मत ल्याएका छन् ।

काठमाडौं क्षेत्र नं. १० मा कांग्रेस उम्मेदवार राजनकुमार केसी अगाडि छन् । उनले ४ हजार ७३ मत ल्याउँदा बाम गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार हितमान शाक्यले २ हजार ७ सय ७४ मत ल्याएका छन् । त्यस्तै, विवेकशील साझा पार्टीका उम्मेदवार प्रदीप ढकालले २ सय ४३ मत ल्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment