+
+
Shares

दार्चुलामा प्रतिनिधिसभातर्फ एमाले विजयी, प्रदेशमा पनि वामकै अग्रता

सन्तोष कोट्टारी सन्तोष कोट्टारी
२०७४ मंसिर २३ गते १:१४

२३ मंसिर, दार्चुला । दार्चुलामा नेकपा एमालेका उम्मेदवार गणेशसिंह ठगुन्ना प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

नेकपा एमालेका प्रतिनिधिसभा उम्मेदवार ठगुन्नाले २८ हजार ९ सय ९८ मत प्राप्त गर्दै विजयी हुनु भएको छ भने निकतम प्रतिद्धन्दी कांग्रेस उम्मेदवार विक्रमसिँह धामीले २२ हजार २ सय ३३ मत प्राप्त गरे ।

बाम गठबन्धन उम्मेदवार ठगुन्ना ६ हजार ७ सय ६५ मतान्तरले विजयी भएका हुन् । दार्चुलाका १ सय २९ मतदान केन्द्रबाट ५४ हजार ५ सय ४३ मत खसेको थियो ।

त्यस्तै अहिले प्रदेशसभा तर्फको मत गणना कार्य ४ स्थानबाट भइरहेको छ । प्रदेशसभा तर्फ पनि दुबै क्षेत्रमा बाम गठबन्धनका उम्मेदवारको अग्रता छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?