Comments Add Comment

धादिङमा वाम गठबन्धनको क्लिनस्वीप

२३ मंसिर, धादिङ । धादिङको दुई प्रतिनिधिसभा र चार प्रदेशसभा सिटमा वाम गठबन्धनले क्लिनस्वीप गरेको छ ।

प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा नेकपा एमालेका भूमि त्रिपाठी भारी मतान्तरले विजयी भएका छन् । वाम गठबन्धनबाट उम्मेदवार बनेका त्रिपाठीले ४९ हजार १ सय २१ मत ल्याएका छन् ।

लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका विश्व अर्याललाई त्रिपाठीले २७ हजार १ सय ५३ मतान्तरले हराए । त्रिपाठीका निकटतम प्रतिस्पर्धी अर्यालले २१ हजार ९ सय ६८ मत ल्याएका छन् ।

त्यस्तै प्रतिनिधिसभा क्षेत्र नं. २ मा नेकपा एमालेका खेमप्रसाद लोहनी विजयी भएका छन् । लोहनीले ३६ हजार २ सय ५३ मत ल्याए भने उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका दिलमान पाखि्रनले ३५ हजार ६ सय १४ मत ल्याएका थिए ।

प्रदेशसभाका चारवटै सिटमा पनि वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् । क्षेत्र नम्बर १ को प्रदेशसभा ‘क’मा नेकपा एमालेका राजेन्द्रप्रसाद पाण्डे २७ हजार ३ सय ३२ मत ल्याएर विजयी भएका छन् ।

पूर्वस्थानीय विकास मन्त्री समेत रहेका पाण्डेले लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका मधुकुमार श्रेष्ठलाई १३ हजार ६ सय ८५ मतान्तरले हराएका हुन् ।

क्षेत्र नं. १ को प्रदेशसभा ‘ख’ मा माओवादी केन्द्रका शालिकराम जमरकट्टेल विजयी भएका छन् । जमरकट्टेलले २३ हजार ३ सय ८२ मत ल्याएका थिए । जमरकट्टेलका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रभातकिरण सुवेदीले १० हजार ४ सय ७ मत ल्याएका छन् । जमरकट्टेल र सुवेदीबीच १२ हजार ९ सय ७५ मतान्तर रहेको छ ।

त्यस्तै क्षेत्र नं. २ को प्रदेशसभा ‘क’मा नेकपा एमालेका डा. रामकुमार अधिकारी विजयी भएका छन् । अधिकारी २० हजार ३ सय ६३ मत ल्याई विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रमेश धमलाले १९ हजार १५ मत ल्याए । अधिकारी र धमलाबीच मतान्तर १ हजार ३ सय ४८ रहेको छ ।

यस प्रदेशमा ४१ हजार ३ सय ४३ मत खसेको थियो ।

प्रतिनिधिसभा क्षेत्र नम्बर २ को प्रदेशसभा ‘ख’मा माओवादी केन्द्रका उम्मेदवार जगत सिंखडाले १७ हजार ६ सय ५ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टीका डम्बरबहादुर तामाङले १५ हजार ७ सय ७४ मत ल्याएका छन् ।

कांग्रेसको समेत समर्थन पाएका तामाङ र एमालेको समर्थन पाएका सिंखडाको मतान्तर १ हजार ८ सय ३१ छ ।

यस प्रदेशमा ३५ हजार ६ सय ७ मत खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment