Comments Add Comment

रामेछापमा मतगणना जारी,वाम गठबन्धनले मतान्तर बढाउँदै

२३ मंसिर, रामेछाप । रामेछाप जिल्लामा मंसिर १० गते भएको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी छ । निर्वाचनमा वाम गठबन्धनले कांग्रेससँगको मतान्तर बढाउँदै सिलएका छन् ।

पछिल्लो मतपरिणाम अनुसार प्रतिनिधिसभातर्फ वाम गठबन्धनका उम्मेदवार माओवादीका श्यामकुमार श्रेष्ठले २१ हजार ६७२ मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार पूर्णबहादुर तामाङ (कान्छाराम)ले १७ हजार ५५८ मत प्राप्त गरेका छन् ।

त्यसैगरी प्रदेशसभा (क) मा वाम गठबन्धनकै शान्तिप्रसाद पौडेलको ११ हजार ४ सय १५ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका रत्न कार्कीले ७ हजार ८ सय ९ मत प्राप्त गरेका छन् ।

प्रदेश (ख) मा वाम गठबन्धनका उम्मेदवार कैलाशप्रसाद ढुंगेल १६ हजार ६४३ मत प्रप्त गरेका छन् । सो क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार जितबहादुर मगरले ९ हजार १ सय ८० मत प्राप्त गरेका छन् ।

प्रतिनिधि सभातर्फ बाम गठबन्धनका उम्मेदवार श्याम कुमार श्रेष्ठभन्दा नेपाली कांग्रेसका उम्मेदवार पूर्णबहादुर तामाङ ४ हजार १ सय १४ मतलले पछि परेका छन् ।

पदेशसभाको निर्वाचन क्षेत्र (क) मा बाम गठबन्धनका एमाले उम्मेदवार शान्तिप्रसाद पौडेल भन्दा नेपाली कांग्रेसका उम्मेदवार रत्न कार्की ३ हजार ६ सय ६ मतले पछि परेका छन् ।

प्रदेशको निर्वाचन क्षेत्र (ख)वाम गठबन्धनका उम्मेदवार कैलाशप्रसाद ढुंगेल भन्दा नेपाली कांग्रेसका उम्मेदवार जितबहादुर मगर ७ हजार ४ सय ६३ मतले पछि छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment