Comments Add Comment

कांग्रेसद्वारा काठमाडौं ५ को मतगणना बहिस्कार, पुनः मतगणना गर्न माग


२३ मंसिर, काठमाडौं । नेपाली कांग्रेसले काठमाडौं क्षेत्र नम्बर ५ को मतगणना बहिस्कार गरेको छ । उसले दुई केन्द्रको मत गणना गर्न माग गरेको छ ।

काठमाडौं ५ मा वाम गठबन्धनबाट एमाले महासचिव ईश्वर पोखरेल, कांग्रेसका प्रकाशशरण महत र साझा विवकशील पार्टीका उज्वल थापा प्रतिस्पर्धामा छन् ।

तर, अरु क्षेत्रको परीणाम आइसक्दा पनि यहाा भने पटकपटक विवाद भएको छ । पछिल्लो पटक कांग्रेसले बहिस्कार गरेको छ । उसले केही स्थानको मतगणना गर्न माग गरेको छ र निवेदन समेत दिएको छ ।

कांग्रेसले नारायणस्थन सत्तल क र विष्णुपादुकका मन्दिर क मा मत बढी भेटिएको बताएको छ भने गुठीघर सत्तल क, युनिर्भसल ख, सरस्वती मावि टोखाको ख मतदान केन्द्रमा निर्वाचना अधिकृतले हस्ताक्षर नै नगरेको मतपत्र भेटिएको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment