Comments Add Comment

भोजपुरमा माओवादी केन्द्रका किराँती विजयी


२३ मंसिर, भोजपुर । प्रतिनिधिसभा सदस्यमा भोजपुरको वाम गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार सुदन किराँती ३४ हजार ३९४ मत ल्याई विजय भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार उमेशजंग रायमाझीले २१ हजार ६९६ मत प्राप्तगरे । त्यस्तै, प्रदेश नं. १ तर्फ वाम गठबन्धनका तर्फबाट नेकपा (एमाले) का उम्मेदवार राजेन्द्रकुमार राईले १९ हजार २९७ मत ल्याएर विजय भए ।

उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनका तर्फबाट संघीय समाजवादी फोरम नेपालका उम्मेदवार अजम्बर काङमाङ राईले ११ हजार ५४१ मत प्राप्त गर्नुभयो ।

भोजपुरमा कुल ६५ हजार मत खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment