+
+

चुनाव जितेपछि महतोले भने- संविधान संशोधन गराउँछु

'मेरो जित मधेस आन्दोलनको जित हो'

अनलाइनखबर अनलाइनखबर
२०७४ मंसिर २४ गते ११:०८

२४ मंसिर, जनकपुरधाम । धनुषा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले आफ्नो जित मधेस आन्दोलनको जित भएको बताएका छन् । उनले अब संविधान संशोधन र मधेसको विकासका लागि प्रयास गर्ने पनि बताएका छन् ।

‘यो मधेस आन्दोलनको जित हो, धनुषाको जित हो, सम्पूर्ण मधेसी जनताको जित हो, महतोले भने, ‘जनकपुर मधेस आन्दोलनको राजधानी भएकाले यहाँबाट मधेसवादी दलले जित्नु भनेको ठूलो उपलब्धी हो ।’

जितपछि महतोले अब केन्द्रमा संविधान संशोधनका लागि वाम गठबन्धनसँग सहकार्य गर्ने बताए । ‘हामी केन्द्रमा संविधान संशोधनका लागि वाम गठबन्धनलगायत अन्य दलसँग सहकार्य गरेर जानेछौं,’ महतोले भने, ‘संविधानमा छुटेका अधिकारहरू दिलाउन हाम्रो प्रयास रहनेछ ।’

दुई नम्बर प्रदेशमा आफूहरुले सरकार बनाउने र सोही सरकारमार्फत् विकासको काम गर्ने उनले बताए ।

महतोले धनुषा क्षेत्र नम्बर ३ मा कांग्रेसका विमलेन्द्र निधिलाई पराजित गरेका हुन् । महतोले निधिलाई २९ सय ३ मतान्तरले हराए । महतोले कुल ३० हजार ७ सय ५० मत पाउँदा निधिले २७ हजार ८ सय ४७ मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?