Comments Add Comment

दीर्घकालीन लगानी गर्नेहरुमा चिन्ता, बजारले ‘पचाएन’ थप सेयर

२५ मंसिर, काठमाडौं । सोमवार नेप्से परिसूचक २.७४ अंकले घटेर १५७२ मा पुगेको छ ।  आइतवार विहान बजार खुल्दा एकाएक २० अंकले उक्लिएको नेप्से परिसूचक अन्त्यमा ६ अंकले घटेको थियो । सोमवार विहानी सत्रमा केही अंकले बढेको नेप्से परिसूचक दिनभर बढ्ने प्रयासमा नै रहेर बजार बन्द भयो ।

‘सबैभन्दा ठूलो असर भनेको सेयरको बढ्दो चाप नै, बजारले पचाउन सकेको देखिदैन,’ सेयर विश्लेषक प्रकाश तिवारीले भने । बढेको सेयर आपुर्ती नबढ्नु र बैंकहरुले लाभांशको रुपमा सेयर जारी गर्ने अवस्था के हुने हो भन्ने चिन्ता लगानीकर्तामा व्याप्त रहेको उनको भनाइ छ ।

अहिले बजारमा बाम एकतापछि बन्ने सरकारको कारण सेयर बजार घट्ने भन्ने देखि बढ्छ भन्ने दुवै तर्कहरु हावी देखिएको तिवारीको अवलोकन छ । बामहरु वास्तविक अर्थका कम्युनिष्ट नभएको भन्ने मान्यतामा पनि केही लगानीकर्ताहरु रहेकाले बजारमा दुवै सोच हावी भएको उनी बताउछन् ।

बाम गठबन्धनमा बन्ने सरकारको आगामी नीति पछि नै बजारमा कुन खाले लगानीकर्ताहरुको बुझाई सहि हो भन्ने देखिने र बजारको दिशा पनि स्पष्ट हुने मानिएको छ ।

कतिपय दीर्घकालीन लगानीकर्ताहरुमा संघीयताको वित्तीय व्यवस्थापनमा देश कत्तिको सफल हुन्छ भन्ने चिन्ता पनि रहेको सरोकारवालाहरु बताउछन् । यिनै मिश्रित प्रतिक्रियाहरुको प्रभाव अहिले बजारमा रहेको उनीहरुको भनाई छ । यसदिन ४६ करोड रुपैयाँको सेयर कारोबार भएको छ । आइतवार जस्तै उत्पादन र ‘अन्य’ समूह मात्रै वृद्धि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment