बलिउड नायिका सन्नी लियोनीलाई अहिले एउटा गज्जब प्रस्ताव आएको छ । यदि यो प्रस्ताव पारित भो भने उनको करिअरमा महत्वपूर्ण टर्निङ प्वाइन्ट हुनसक्छ ।
बलिउडकी ट्रेजिडी क्विन मीना कुमारीको बायोपिक चलचित्रमा अभिनय गर्न निर्देशकले सन्नी लियानीलाई प्रस्ताव गरेका छन् ।
यसअघि यो प्रस्ताव विद्या वालानलाई राखिएको थियो । विद्याले प्रस्ताव अस्वीकार गरेपछि सन्नी लियोनीलाई प्रस्ताव गरिएको हो । निर्देशक करण राजदान सन्नी लियोनीलाई अभिनय गराउने कुराले उत्साहित छन् ।
उनले भनेका छन्-‘यो चलचित्रका लागि सन्नी लियोनी मेरो पहिलो प्रस्ताव होइनन् । तर, अहिले सन्नी लियोनी नै उपयुक्त हुन्छिन् भन्ने लागेको छ ।’ स्टोरीको डिमाण्ड पनि सन्नी नै भएको निर्देशक राजदानको भनाई छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4