Comments Add Comment

डीजे मार्समेलोले धोका दिएपछि दरबारमार्गको नाइट क्लबमा तोडफोड


२८ मंसिर, काठमाडौं । चर्चित अन्तर्राष्ट्रिय डीजे मार्समेलोले धोका दिएपछि उनका समर्थकहरुले काठमाडौंको दरबारमार्गमा रहेको नाइट क्लब डेजाभूमा बुधबार मध्यराति तोडफोड गरेका छन् ।

मार्समेलो आउने भनी प्रतिब्यक्ति ४ हजार रुपैयाँसम्म लिएर आयोजकले हजारौं दर्शकलाई टिकट बेचेका थिए ।

तर, राती अबेरसम्म पनि डीजे मार्समेलो क्लबमा देखिएनन् । राती १ बजेतिरमात्र आयोजकले स्वास्थ्यका कारण उनी नआउने जानकारी दिएपछि आक्रोशित दर्शकले क्लबमा तोडफोड गरेका थिए ।

दरबारमार्ग प्रहरी वृत्तका प्रमुख डीएसपी तिलक भारतीले भने, ‘डीजे नआएपछि आक्रोसित भिडले तोडफोड गरेको हो । क्लबमा केही क्षति भएको छ ।’

बिहान ५ बजेतिर मार्समेलोले आफ्नो फेसबुक पेजमा स्वास्थ्यका कारण आफु काठमाडौंमा उपस्थित हुन नसकेको भन्दै क्षमा मागेका छन् । डाक्टरले आफूलाई आराम गर्न निर्देशन दिएका कारण आफू उपस्थीत हुन नसकेको उनको भनाइ छ ।

भिडियाे हेर्नलार्इ तल क्लीक गर्नुस्

तर, उनी आउन नसक्ने सूचना किन बेलैमा दिइएन भन्नेबारे न त आयोजकले नै मुख खोलेका छन् नत डीजे मार्समेलो नै यसबारे बोलेका छन् ।

मार्समेलो पछिल्ला बर्षहरुमा निकै लोकप्रिय बनेका अमेरिकी डीजे हुन् । डीजेइङ गर्दा उनको टाउकोमा मार्समेलो क्याप लगाइरहेकै हुन्छन् । उनको वास्तविक नाम भने अहिलेसम्म खुलाइएको छैन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment