+
+

३ यूवाको यौन मनोविज्ञानमा ‘मिस्टर भर्जिन’ बन्ने

अनलाइनखबर अनलाइनखबर
२०७४ मंसिर २८ गते १०:४८


चलचित्र ‘मिस्टर भर्जिन’को घोषणा गरिएको छ । शुक्रबारदेखि छायांकनमा जाने चलचित्रलाई विशारद बस्नेतले निर्देशन गर्दैछन् । उनले, नाम सुन्दा चलचित्र एडल्ट जस्तो लागेपनि परिवार एकसाथ बसेर हेर्न मिल्ने बताए ।

तीन यूवाको यौन मनोविज्ञानको कथालाई यो चलचित्रले प्रस्तुत गर्नेछ । वल्र्ड वाइड फिल्मस् डिस्टि्रब्यूसन प्रालिको ब्यानरमा निर्माण हुन लागेको चलचित्रमा गौरव पहारि, विजय बराल, कमलमणि नेपाल, मरिष्का पोख्रेल, भोलाराज सापकोटा, रविन्द्र झा, श्रृजना सुब्बा लगायतका कलाकारको मुख्य भूमिका रहनेछ ।

आउँदो बर्षको वैशाखको अन्तिम साता चलचित्र रिलिज गर्ने लक्ष्य राखिएको छ । चलचित्रमा महेश दवाडीको कथा, रामेश्वर कार्कीको छायांकन, विक्रम स्वाँर र दीपकमान सिंहको कोरियोग्राफी रहनेछ ।

चलचित्रमा खिलेन्द्र तिमिल्सिना, प्रजापति सिवाकोटी, मुकेश रेग्मी र विशारद बस्नेतको लगानी रहनेछ । चलचित्रमा सह-निर्माता सन्दिप उप्रेती र मनिष खत्री हुन् ।
चलचित्रले ३ पात्रको यौन मनोविज्ञानलाई रमाइलोसँग प्रस्तुत गर्ने कार्यक्रममा जानकारी दिइयो । ‘भर्जिन’ रहँदा आइपर्ने समस्या, मनमा उत्पन्न हुने मनोवादलाई चलचित्रले रोचक तरिकाले देखाउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?