Comments Add Comment

यस्तो बन्यो साझाले ल्याउन लागेको ‘सेमी लो फ्लोर बस’


२८ मंसिर, काठमाडौं । साझा यातायातले ल्याउन लागेको नेपालकै पहिलो सेमी लो-फ्लोर (ज्यान) बस तयार भएको छ । भारतीय कम्पनी अशो ले-ल्याण्डले तयार गरेको बसको निरीक्षण गर्न साझा यातायातको टोली अहिले भारतमा छ ।

साझाले एउटा सेमी-लो फ्लोर बससहित २० वटा सिटी बस र ल्याउन लागेको छ । बस ल्याउन काठमाडौं महानगरले पाँच करोड र ललितपुर महानगरले एक करोड रुपैयाँको दिइसकेका छन् ।  तयार भएको बस केही समयपछि नेपाल आउने साझा यातायातले जनाएको छ ।

यसअघि काठमाडौं महानगरले १० करोड दिएपछि साझाले ३० वटा बस भित्र्याएको थियो, जुन काठमाडौंका विभिन्न रुटमा चलिरहेका छन् ।

परीक्षण हुनेछ ‘सेमी लो फ्लोर’

साझाले यसपटक एउटा विशेष किसिमको शहरी बस किनेर काठमाडौं उपत्यकामा परीक्षण गर्ने योजना पनि बनाएको छ । लो फ्लोरको ग्राउण्ड क्लेयरेन्स एकदमै कम हुन्छ । त्यसैले एकदमै मिलेको र सम्म सडकमा मात्र यो बस चल्छ । यो बस समान्यभन्दा बढी महंगो हुन्छ ।

यो बसमा चढ्न र ओर्लन अपांगता भएका तथा अशक्त बिरामीहरुलाई लिफ्टको जरुरत नपर्ने दावी गरिएको छ ।

जबकी साझाले अहिले ल्याएको बसमा म्यानुअल लिफ्ट छ, जसमा अपांगता भएका व्यक्तिहरुलाई चढाउने र ओराल्ने समयमा अरुको सहयोग चाहिन्छ । समान्य बसमा कम्तिमा ९ सय मिलिमिटरको ग्राउण्ड क्लेयरेन्स हुन्छ । कतिपयमा त त्योभन्दा पनि अग्लो हुन्छ ।

तर, लो फ्लोरको बसमा ४ सय मिलिमिटरको क्लेयरेन्स हुन्छ । यस्ता बस सुविधासम्पन्न र उत्तिकै आरामदायी पनि हुन्छन् । यो खाल्डा खुल्डी कम भएका सडकमा मात्रै गुडाउना मिल्छ ।

यो परीक्षणका रुपमा आउने ‘ज्यान बस’ कहाँ चलाउने भन्ने टुंगो लागेको छैन ।

यस्ता हुन्छन् सिटी बस 

अब आउने सिटी बसहरु पनि अपांगमैत्री हुनेछन्, जसमा दुईवटा फरकिला ढोका हुनेछन् । बसको पछिल्लो भागको ढोकाबाट ह्वील चियर प्रयोगकर्ताहरु सजिलै बस चढ्न र ओर्लन सक्नेछन् ।

बीचभागमा पर्याप्त स्पेशका साथमा ह्यांगरहरु राखिनेछ, यसले उभिएर यात्रा गर्दा पनि केही सहज हुनेछ ।

बस आएपछि काठमाडौं महानगरसँग छलफल गरेर रुट टुंग्याइने साझा यातायातले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment