Comments Add Comment

लहानको व्यस्त बजारमा बम बिस्फोट, एक जना घाइते

२८ मंसिर, लहान । सिरहाको लहान नगरपालिका-१ शहीद चोकको व्यस्त बजारमा विहीबार दिउँसो शत्तिशाली बम बिस्फोट भएको छ ।

दिउँसो १ बजे भएको बिस्फोटमा परीसप्तरीको खडक नगरपालिका-२ बस्ने ४६ वर्षीय परमेश्वर चौधरी घाइते भएको ईलाका प्रहरी कार्यलय लहानका डीएसपी नरेश राज सुबेदीले जानकारी दिए ।

घाईतेको लहानमा उपचार भइरहेको सुबेदीले जानकारी दिए ।

बमको छर्रा लागेर चौधरीको खुट्टा र ढाडमा चोट लागेको प्रहरीले बताएको छ । लहान चौकको शहीद चोकमा साइकलको सीट मुनी बोरामा बेरेर राखेको बम बिस्फोट भएको थियो ।

मानिसहरुको भीडभाड र २४ सै घन्टा सुरक्षाकर्मीको निगरानीमा रहेको ठाँउमा नै बिस्फोट हुदा सर्बसाधरण त्रसित बनेका छन् । घटनास्थलमा जनतान्त्रिक तराई मुक्ति मोर्चा क्रान्तिकारीको पर्चा भेटिएको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment