+
+
Shares

पोखरामा जैविक विविधता बारे अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

अनलाइनखबर अनलाइनखबर
२०७४ मंसिर २९ गते १०:२०

२९ मंसिर, पोखरा । पोखरामा जैविक विविधता र जडीबुटीको वैज्ञानिक प्रयोग सम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ ।

विज्ञान प्रविधि तथा अनुसन्धानमूलक संस्था सात्विक नेपालको आयोजना तथा त्रिभुवन विश्वविद्यालय, कृषि तथा वन विश्वविद्यालय लगायतको सह–आयोजनामा आगामी फागुन २ र ३ गते अन्तर्राष्ट्रिय सम्मेलन हुन लागेको हो ।

‘हिमालय क्षेत्रको जैविक विविधता तथा जडीबुटी लगायतका जैविक स्रोतहरू’ शीर्षकमा हुने सम्मेलनमा नेपाल, जापान, दक्षिण कोरिया, जर्मनी, बंगलादेश, नर्वे लगायतका देशमा कार्यरत २० भन्दा बढी विशेषज्ञहरूले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

सम्मेलनका संयोजक डा। अमृत पौडेलका अनुसार हिमालय क्षेत्रको जैविक सम्पदाको अधिकतम सदुपयोगका सम्भावना प्रष्ट्याउन यो सम्मेलनको आयोजना गर्न लागिएको हो ।

प्राकृतिक सम्पदा तथा जडीबुटीको वैज्ञानिक अनुसन्धान, कृषि, वन पैदावार तथा जैविक विविधता तथा जैविक स्रोतको सदुपयोगका विभिन्न पक्षहरू समेटिने उक्त सम्मेलनमा जडीबूटीबाट नयाँ औषधिको खोज, वनस्पतिमा हुने रसायनहरू तथा तिनको वैज्ञानिक प्रयोग, प्राकृतिक स्रोतका वस्तुहरूको परम्परागत चिकित्सादेखि आधुनिक बायोटेक्नोलोजी प्रविधिमा प्रयोग जस्ता विषयमाथि विस्तृत छलफल हुनेछ ।

पर्यटकीय गन्तव्य पोखरामा आयोजना हुन लागेको यस सम्मेलनले नेपालको पर्यटन प्रबद्र्धनमा समेत योगदान गर्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?