Comments Add Comment

अनुष्का शर्माको फिटनेसः दैनिक दुइपटक योगा, सुत्नुअघि दुध

बलिउडमा अहिले योगको ट्रेन्ड छ, खासगरी अभिनेत्रीमा । धेरै अभिनेत्रीले आफुमा योग र जिमको एडिक्सन नै भएको वताउँछन् । यस्तोमा शिल्पा सेट्टी, विपशा बसुदेखि सोनाक्षी सिन्हासम्म छन् । उनीहरुको दिनचर्या योग, जिमबाट सुरु हुन्छ । अक्सर बलिउड अभिनेत्रीलाई फिटनेसबारे सोधिन्छ । र, जवाफमा उनीहरुले ‘योग, व्यायाम, ध्यान’ बताउने गर्छन् ।

अनुष्का शर्मा पनि यही पंक्तिमा पर्छिन् । त्यसो त उनी  भर्खरै बिवाह बन्धनमा बाँधिएकी छिन् । टिम इन्डियाका कप्तान विराट कोहलीसँग उनले इटलीको मनालीमा लगनगाँठो बाँधेकी थिइन् ।

२९ बषिर्य अभिनेत्री आकर्षक फिगरकी धनी पनि हुन् । उनले आफुलाई फिट एन्ड फाइन राख्न के गर्छिन् त ?

दैनिक डाइट प्लान

अनुष्का शाकाहारी हुन् । उनी आफ्नो खानामा हेल्दी र पौष्टिक डाइट सामेल गर्छिन् । उनी खुब पानी पिउँछिन् । उसिनेको सब्जी सेवन गर्छिन् । छालाको निखारको लागि नियमित रुपमा ग्रीन टि पिउने गर्छिन् ।

अनुष्का सन्तुलित आहार मात्र सेवन गर्छिन् । तैलिया खानेकुरा खादिनन् । बिहानको नास्तासँगै जुस पिउने गर्छिन् ।

ब्रेकफास्ट- २ अन्डा (केवल सेतो अंश) र एक ग्लास फ्रुट जुस

स्न्याक्सः चीज टोस्ट, कागति पानी वा नरिवल पानी

लन्चः दाल, २ रोटी, सलाद र तरकारी (घरमा बनेको मात्र)

बेलुकीः सीजनल फ्रुट, प्रोटीन र १ गिलास दुध (सुत्नुअघि)

जंक फुडलाई ‘नो’

–     अनुष्का जंक फूडलाई पूर्णरुपमा तिरस्कार गर्छिन्

–     जंक फुड खाँदा शरीरमा अनेक प्रकारका विकृति उत्पन्न हुन्छन् भन्ने उनको विश्वास छ

–     यसको कारणले छाला एकदमै खराब हुन्छ । यति मात्र नभएर लुक्स डल र ओभरवेट पनि हुन्छ ।

२ पटक योगा

जतिसुकै व्यस्त भएपनि अनुष्का व्यायामको लागि समय निकाल्छिन् । अनुष्का एक दिनमा २ पटक योगा गर्छिन् । एक पटक बिहान र दोस्रोपटक सुटिङपछि ।

अनुष्का भन्छिन्, ‘योगाले सिर्फ मेरो दिमागलाई सफा मात्रै राख्दैन्, शरीरलाई पनि स्वस्थ राख्छ ।

३० मिनेट डान्स

अनुष्का हरेक दिन ३० मिनेट डान्स गर्छिन् । यसका अलावा उनी दैनिक जिम पनि गर्छिन् चाहे सुटिङका लागि विदेशमा नै किन नहुन् । जिमका साथमा उनी जगिङ पनि गर्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment