Comments Add Comment

पहिरोले एस्काभेटर पुरियो, सहचालक बेपत्ता

२९ मंसिर, पाल्पा । सडक बनाउँदै गरेको एस्काभेटरलाई माथिबाट आएको पहिरोले पुर्दा सहचालक बेपत्ता भएका छन् ।

पहिरोमा परी बझाङ्गको थलास गाउँपालिकाका २१ वर्षीय सुनिलकुमार सिंह बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

कालीगण्डकी कोरिडोर अन्र्तगत पाल्पा बगनासकाली गाउँपालिका वडा नं. ६ यम्घाको कुटीडाँडा नजिकै सडक सडक बिस्तार गर्ने क्रममा माथीबाट पहिरो खसेर एस्काभेटरलाई भिरतिर धकेलेको थियो ।

स्काभेटर धनी प्रभु कन्स्ट्रक्सन प्राईभेट लिमिटेडका स्काभेटर धनी नारायण खड्काले पहिरोले धकेलेको एस्काभेटर कालीगण्डकी नदीको भिरमा अड्किएको अवस्थामा रहेको जानकारी दिए ।

सप्तरी जिल्ला घर भएका चालक मनोज कुमार यादवले काम रोकी सहचालक सिंहलाई मेसिन बृज गर्न लगाएका थिए ।

सोही क्रममा सहचालक सिंहसहित एक्साभेटरलाई माथीबाट पहिरो खसेर भिरतिर हुत्याएको प्रहरीले अनुमान गरेको छ ।

घटनास्थलमा सहचालकको चप्पल भेटिएको प्रहरीले जनाएको छ । सहचालक सिंह माटोले पुरिएको हुनसक्ने आशंका गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment