+
+

बाबुआमासँग वर्ण नमिलेपछि छोरीले गर्ने भइन् डीएनए परीक्षण

अनलाइनखबर अनलाइनखबर
२०७४ पुष २ गते १७:०६

बुवा र आमा दुबै भारतीय । तर यी युवतीको वर्ण ठ्याक्कै युरोपेली महिलाको जस्तो छ । उनी जन्मिदा खेरी नै त्यस्तै गोरी थिइन् ।

हरियो आँखाका नानी, रातो कपाल, गोरो छाला । यी सबै विशेषताका कारण भारतको मुम्बइकी पूजा गणात्रा नामकी युवती निकै सुन्दर देखिन्छिन् । तर उनको यो सुन्दरमा वर्षौँदेखि उनको सत्रु बनिरहेको छ ।

भारतीय बुवाआमाकी यी छोरी शुद्ध भारतीय वंशकी हुन् । तर उनलाई देख्नेहरुले विदेशी भन्छन् । बुवाआमा दुबै भारतीय हुँदा पनि तिमी किन विदेशी जस्ती भयौ ? भनेर सोधिरहन्छन् ।

कक्षामा शिक्षकले भन्छन्, स्लिभलेस पहिरन नलगाउ, मानिसको नजर पर्छ ।

कहीँ घुम्न जाँदा विदेशी भनेर उनीसँग सेल्फी खिच्न आउनेहरु पनि हुन्छन् । उनले हिन्दी बोलेको सुन्दा मानिसहरु विदेशीले पनि फरर्र हिन्दी बोलेको भनेर अचम्म पर्छन् ।

पूजा नश्लीय टिप्पणीहरुको समेत शिकार हुने गरेकी छन् । कतिपयले उनका वास्तविक बुवाआमाप्रति समेत आशंका गर्ने गरेका छन् ।

यी सबै कठिनाई तथा आशंकाबीच गुज्रिरहेका बेला पूजाले एउटा ठूलो निर्णय गरेकी छन् । उनी अब डीएनए परीक्षण गर्ने निधोमा पुगेकी छन्, जसबाट उनको त्यस युरोपेली लूकको राज के हो भन्ने पत्ता लाग्नेछ । साथै उनका बुवाआमामाथिको आशंका पनि हट्नेछ ।

एजेन्सी

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?