Comments Add Comment

बामदेवको हारको कारण खोज्न छानविन समिति गठन

२ पुस, बर्दिया । नेकपा एमालेले पार्टीका बरिष्ठ उपाध्यक्ष बामदेव गौतमको पराजयको कारण खोज्न छानविन समिति गठन गरेको छ । एमाले बर्दिया जिल्ला कमिटीले छानविन समिति गठन गरेको हो ।

एमाले अध्यक्ष हरिप्रसाद ज्ञवालीका संयोजकत्वमा गठित समितिमा माओवादी नेता भुवन कुमार थारु पनि सदस्य छन् । समितिले हारका कारण खोजेर एक साताभित्र प्रतिवेदन पेश गर्ने एमालेले जनाएको छ ।

एमाले र माओवादी मिल्दा २० हजार भन्दा बढी मत भएको बर्दिया १ मा एमाले उपाध्यक्ष गौतम कांग्रेसका सन्जयकुमार गौतमसँग ७ सय मतले पराजित भएका थिए । गौतमको हारको पछाडि एमाले र माओवादीभित्रकै अन्तर्घात कारण रहेको अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment