Comments Add Comment

हङकङका कप्तान बाबर विराटनगर वारियर्सबाट खेल्ने

२ पुस, काठमाडौं । हङकङका कप्तान बाबर हायात एभरेष्ट पि्रमियर लिग क्रिकेटमा विराटनगर वारियर्सबाट खेल्ने भएका छन् ।

इपीएल भोलि सोमबारबाट सुरु हुँदैछ । विराटनगर वारियर्सले आइतबार पत्रकार सम्मेलन गरेर हायातसँगै ब्याट्सम्यान अंशुमान रथलाई टिममा आवद्ध गरिएको जानकारी गराएको छ ।

विराटनगर वारियर्सको कप्तान पारस खड्का छन् । वसन्त रेग्मी उपकप्तान रहेको टिममा करण केसी, अविनाश कर्ण, आसिफ शेख, रामनरेश गिरी, पुष्प थापा, अनिलकुमार साह, सुमित महर्जन, प्रनित थापा, आकास विष्ट छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment