Comments Add Comment

नोटिफिकेसन रोक्नका लागि फेसबुकले ल्याउँदैछ Snooze फिचर

फेसबुकले एक नयाँ फिचरको परीक्षण गरिरहेको कुरा गत सेप्टेम्बरमा खुलासा भएको थियो ।

यस फिचरको मद्धतले प्रयोगकर्ताले आफ्नो कुनैपनि साथीबाट आउने नोटिफिकेसनलाई रोक्न सकिन्छ ।

यस फिचरलाई Snooze नाम दिइएको छ । यसले नोटिफिकेसन्स तथा न्यूजफिडलाई अझै उत्कृष्ट तरिकाले कन्ट्रोल गर्न सकिन्छ ।

फेसबुककी प्रडक्ट म्यानेजर श्रुती मुरलीधरनका अनुसार Snooze फिचर एक हप्ताभित्रै आउनेछ ।

यस फिचरको मद्धतले प्रयोगकर्ताले कुनै फ्रेण्ड, ग्रुप वा पेजलाई अस्थायी रुपमा अनफलो गर्न सक्नेछ । यद्यपि अहिले यसको सहायताले केवल ३० दिनका लागि मात्र म्यूट गर्न सकिनेछ ।

यसका लागि कुनैपनि पोष्टलाई म्यूट गर्नका लागि त्यसको दाहिनेतर्फ माथिपट्टि रहेको ड्रपडाउन मेन्यू खोल्ने । उक्त मेन्यूबाट Snooze अप्सन छनोट गर्ने । यो प्रक्रिया पेज, ग्रुप तथा फ्रेण्डसका लागि पनि अपनाउन सकिन्छ । यसपछि तपाइँले ३० दिनसम्म त्यससँग सम्बन्धित नोटिफिकेसन प्राप्त गर्नुहुने छैन ।

एजेन्सी

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment