Comments Add Comment

‘लम्फू’ले तोक्यो प्रदर्शन मिति, कविरसँग मरिष्का र चाँदनीको जोडी


छायांकनको लागि लामो समय लागेको चलचित्र ‘लम्फू’को अन्ततः प्रदर्शन मिति घोषणा गरिएको छ । निर्माण घोषणा भएको केहि बर्ष भएपनि चलचित्रको छायांकनमा लामो समय लागेको थियो ।

यो चलचित्र वि.सं २०७५ साल वैशाख २८ गतेबाट रिलिज हुने पक्का भएको छ । साथमा, निर्माणपक्षले चलचित्रका केहि तस्बिर पहिलो पटक सार्वजनिक गरेको छ । यो चलचित्रबाट नव-नायक कविर खड्काले चलचित्र क्षेत्रमा पाइला राख्दैछन् । कविर नेपालको एकमात्र फिल्म कलेज ओस्कार इन्टरनेशनलबाट कलाकारितामा स्नातक अध्ययन गरेका विद्यार्थी हुन् ।

जसले चलचित्र क्षेत्रमा नयाँ स्थान बनाउने विश्वास गरिएको छ । कविरको साथमा चलचित्रमा सलोन बस्नेत, मरिष्का पोख्रेल, चाँदनी शर्मा, सञ्जित भण्डारी, कुशाग्र भट्टराई र कुसुम श्रेष्ठको मुख्य भूमिका छ । कुसुम ‘तरकारीवाली’को नामबाट विश्वभर चर्चित बनेकी थिइन् । गोपालचन्द्र लामिछानेले निर्देशन गरेको चलचित्रले एक यूवाको जीवनमा आइपर्ने अकल्पनिय घटनालाई पर्दामा उतारेको छ ।

यो चलचित्रले समय र परिस्थितीका कारण मानिस नायक र खल-नायक दुबै बन्छ भन्ने कथालाई उठान गरेको निर्देशक लामिछानेले बताए । भूपतिको लेखन रहेको चलचित्रमा दीपक बज्राचार्यको छायांकन, हरि सिलवालको सम्पादन छ ।

निर्मात्री पूनम गौतमले यो चलचित्रमा कस्ट्यूम डिजाइन गरेकी छिन् । पपलुर मिडियाको प्रस्तुतीमा तयार भएको चलचित्रको निर्माता शक्ति बल्दभ घोरासैनी हुन् । अर्जुन पोखरेलको चलचित्रमा संगीत छ । चलचित्रको वितरण काठमाण्डौमा स्टेशन फाइभ र मोफसलमा एफ डी कम्पनीले गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment