Comments Add Comment

अनौठो कम्पनी, जहाँ राम्रो काम गर्न नसक्ने कर्मचारीलाई थप्पड हानिन्छ (भिडियोसहित)


कुनै पनि कम्पनीमा राम्रो कार्यसम्पादन गर्न नसक्ने कर्मचारीलाई जागिरबाट बर्खास्त गर्ने चलन त सामान्य हो । तर चीनको एक कम्पनीमा चाहीँ अनौठो नियम छ ।

ब्युटी तथा स्किन प्रडक्ट बनाउने एक चिनियाँ कम्पनी ननचन्ग रिन्हुआयुआन मेए नामक उक्त कम्पनीमा राम्रो कार्यसम्पादन नगर्ने कर्मचारीहरुले एक आपसमा थप्पड हानाहान गर्नुपर्दछ ।

समाचार अनुसार, कम्पनीले हालै एक कार्यक्रमको आयोजना गरेको थियो । उक्त कार्यक्रमको एउटा भिडियो भाइरल बनेको छ । जसमा केही महिला कर्मचारीहरु सबैको अगाडि एक अर्कामा थप्पड हानिरहेका देख्न सकिन्छ । हाकिमले नअह्राउन्जेल उनीहरुले थप्पड हानिरहेका छन् ।

कम्पनीका प्रवक्ताका अनुसार, हरेक वर्षको अन्त्यमा यस्तो कार्यक्रमको आयोजना गरिन्छ । वर्षभरमा राम्रो कार्यसम्पादन गर्न नसक्ने कर्मचारीहरुले एक आपसमै आफूलाई दण्डित गर्ने यस्तो प्रचलनले कर्मचारीहरुमा सामूहिक भावनाको विकास हुने दाबी कम्पनीको छ ।

हेरौँ यूट्युबमा अपलोड गरिएको यो भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment