+
+

माघ १२ मा नरेन र भावनाको ‘स्वर्ग मेरो गाउँ’

अनलाइनखबर अनलाइनखबर
२०७४ पुष ५ गते १२:३२


माघ १२ गतेबाट चलचित्र ‘स्वर्ग मेरो गाउँ’ रिलिज हुने भएको छ । गाउँलाई स्वर्ग बनाउन कस्सिएको एक यूवाको कथालाई चलचित्रको पर्दामा उतारिएको छ । चलचित्रको मुख्य भूमिकामा नरेन खड्का, रामकृष्ण बजगाँई, भावना गुरुङ, शक्शी लम्साल, सुजता थापा, अष्ट महर्जनको अभिनय छ ।

कलाकार नरेन खड्काले राम्रो चलचित्र बनेकाले पनि दर्शकले मन पराउनेमा विश्वस्त रहेको बताए । पवन गौतमको छायांकन रहेको चलचित्रमा अष्ट महर्जनको एक्सन, गोविन्द राइको कोरियोग्राफी छ । चलचित्रलाई रामकृष्ण बजगाँइले निर्माण तथा निर्देशन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?