+
+

एनआईसी एशिया बैंकलाई एकै साथ दुई अवार्ड

अनलाइनखबर अनलाइनखबर
२०७४ पुष ५ गते १७:५४

५ पुस, काठमाडौं ।  एनआईसी एशिया बैंक लिमिटेडले एकैसाथ दुईवटा अवार्ड प्राप्त गरेको छ ।

‘वर्ल्ड ह्युमेन रिसोर्स डेभलपमेन्ट कँग्रेस, इम्प्लोयर ब्राण्डिङ इन्स्टिच्यूट एण्ड स्टार अफ दी इण्डष्ट्री ग्रुप’द्वारा काठमाडौंको सोल्टी क्राउन प्लाजामा आयोजित ‘नेपाल बीएफएसआर्य एक्सिलेन्स एण्ड लिडरसीप अवार्ड २०१७ मा नेपालको बैंकिङ क्षेत्रतर्फको बेष्ट ब्राण्ड अवार्ड र बेष्ट इम्प्लोयर ब्राण्ड अवार्ड पाउन सफल भएको छ ।

वल्र्ड सीएसआर डे एण्ड वर्ल्ड सस्टेनीबिलीटीका संस्थापक डा. आर.एल. भाटियाको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा अर्थराज्यमन्त्री उदयशमशेर जबराद्वारा उक्त अवार्ड प्रदान गरिएको हो ।

सो कार्यक्रममा बैंकिङ, बीमा, वित्तीय, पर्यटन, अटोमोबाइल, बायोटेक्नोलोजी, कन्ष्ट्रक्सन, रियल स्टेट आदि सेवा प्रदायक कम्पनीहरुले सहभागिता जनाएका थिए । कार्यक्रममा सहभागी कम्पनीहरुको उद्देश्य तथा कार्य सम्पादनका आधारमा विजेताहरु छनौट गरिएको थियो ।

यसअघि बैंकले नेपालको वित्तीय क्षेत्रमा उत्कृष्ट सेवा पुर्याएबापत सन् २००७ र २०१३ मा लण्डनस्थित ‘द बैंकर फाइनान्सियल टाइम्स’ले प्रदान गर्ने ख्यातिप्राप्त ‘बैंक अफ द इयर’ अवार्ड प्राप्त गरिसकेको छ ।

शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एन आई सी एशिया बैंक निजीक्षेत्रको अग्रणी बैंकहरुमध्ये एक हो । यस बैंकले अधिराज्यभर १ सय ४९ शाखा कार्यालयहरु र १ सय ४१ एटीएम काउण्टरहरु र ४ एक्स्टेन्सन काउण्टरबाट ग्राहकमुखी एवं उच्च स्तरको सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले १ खर्ब १७ अर्ब निक्षेप संकलन गरी ९८ अर्ब कर्जा प्रवाह गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?