Comments Add Comment

काठमाडौं कलेज अफ म्यानेजमेन्टले जित्यो ५ अवार्ड

६ पुस काठमाडौं । काठमाडौ कलेज अफ म्यानेजमेन्ट (केसीएम) ले ५ वटा अवार्ड जितेको छ । एसियन कन्फेडेरेसन् अफ बिजनेशले केसीएमलाई एजुकेसन् लिडरसिप अवार्ड प्रदान गरेको छ ।

व्यवस्थापन शिक्षामा केसिएमको योगदानको कदर गर्दै अवार्ड प्रदान गरिएको हो । एसियन कन्फेडेरेसन् अफ बिजनेशले केसियमका पि्रन्सिपल बिष्णुराज अधिकारीलाई उच्च अहोदाको अवार्ड पनि प्रदान गरेको छ ।

त्यस्तै केसिएमकै भाइस पि्रन्सीपल मारिया श्रेष्ठलाई वोमन इन एजुकेसन लिडरसिपबाट अवार्ड गरिएको छ । यो सँगै निकिता आचार्य, शैलि बस्नेत र प्राथना साखःलाई वोमन लिडरसिप तर्फबाट अवार्ड प्रदान गरिएको छ । सन् १९९६ मा स्थापना भएको यो कलेजले अहिले व्यवस्थापन संकायमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment