Comments Add Comment

कालीकोटमा शैक्षिक सिकाई मेला

स्थानीयतामा आधिरिक शिक्षा प्रणाली लागु गर्नुपर्छः सांसद रावत

७ पुस, कालीकोट । कालीकोटमा आयोजित शैक्षिक सिकाई मेलामा स्थानीयतामा आधारित शिक्षा प्रणाली लागु गर्नुपर्नेमा जोड दिइएको छ ।

मेलालाई सम्बोधन गर्दै जिल्लाका नवनिर्वाचितथ प्रतिनिधिसभा सदस्य दुर्गबहादुर रावतले स्थानीय भाषा,संस्कृति, रितिरिवाजमा आधारीत शिक्षा प्रणाली लागु हुनुपर्ने बताए ।

रावतले नेपालमा शिक्षा प्रणालीकामा रहेका बिकृती हटाएर शैक्षिक सुधारको अभियान थालनी गर्नु पर्ने भन्दै गुणस्तरीय शिक्षाका लागि प्रतिबद्धता व्यक्त गरे ।

सांसद रावतले शिक्षा क्षेत्रमा रहेको निजीकरण,ब्यपारिकरण जस्ता समस्याको अन्त्य गरी कणर्ालीमा पाठ्यपुस्तक शैक्षिक वर्षको अन्तमा पुग्ने समस्याको पनि आफ्नो कार्यकालमा अन्त्य हुने बताए ।

यसैबीच मेलामा जिल्लाभरबाट सहभागी भएका विद्यार्थीहरुले स्थानीयतामा आधारित शैक्षिक सामग्रीको प्रर्दशनी गरेका छन् ।

अभिभावक तथा विद्यार्थीहरुलाई स्थानीयतामा आधारित क्षिक्षण सिकाई उपलब्धी बारे जानकारी दिने उद्देश्यले मेलाको आयोजना गरिएको हो ।

जिल्ला समन्वय समिति कालीकोटका संयोजक अनिपाल शाहीको अध्यक्षयतामा भएको कार्यक्रममा जिल्ला भरबाट छनोटमा परेका उत्कृष्ट २० वटा विद्यालयहरुले शैक्षिक सामग्री प्रदर्शनी गरेका थिए ।

युनिसेफ र विश्वशिक्षा कार्यक्रमअन्तरगत प्रारम्भिक तह पढाई कार्यक्रमको आर्थिक सहयोगमा जिल्ला समन्वय समिति र जिल्ला शिक्षा कार्यलयले संयुक्त रुपमा यो मेलाको आयोजना गरेका हुन् ।

रत्न कार्कीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment