Comments Add Comment

केपी ओली पक्षमा ५२, माधव नेपालसँग २६ मात्रै (सूचीसहित)

हृदयेश त्रिपाठी र बृजेश गुप्ताबाहेक सबै सांसद गुटमा विभाजित !

९ पुस, काठमाडौं । वाम गठवन्धनको आडमा निर्वाचन क्षेत्र बाँडफाँडदेखि टिकट वितरणसम्म संस्थापन पक्षले पेलेको भन्ने माधव नेपाल पक्षको गुनासो नेकपा एमालेभित्र अहिले पनि सेलाएको छैन । गणितका आधारमा विश्लेषण गर्दा प्रतिनिधिसभा सभामा एमालेबाट प्रत्यक्ष जितेका ८० सांसदमध्ये ओली पक्षको भन्दा ठीक आधा संख्यामा मात्रै माधव नेपाल पक्षका सांसदहरुले जितेका छन् ।

सूर्यचिन्ह लिएर जितेका तर एमाले प्रवेश गरिनसकेका हृदयेश त्रिपाठी र बृजेशकुमार गुप्ताबाहेक अरु ७८ सांसद कुनै न कुनै रुपमा पार्टीभित्रका दुई प्रभावशाली गुटमा विभक्त भएका छन् । यतिसम्म कि चुनावको मुखैमा एमाले प्रवेश गरेर सांसद बनेका ललितपुरका नवराज सिलवाल र मुस्ताङका प्रेम तुलाचनलाई पनि नेताहरुले कित्ताकाट गरिसकेका छन् ।

एमालेभित्र पछिल्लो समय कतिपय नेताहरु नवौं महाधिवेशनको पक्षधरताका आधारमा प्राविधिक रुपमा एउटा गुटमा रहे पनि कोही गुट निरपेक्ष र कोही गुट परिवर्तनको सँघारमा छन् । केन्द्र र प्रदेश सरकार गठनका क्रममा हिजो एउटा गुटमा रहेका नेताहरु अर्को गुटमा पुगेर मन्त्री बने भने अब आश्चर्य हुनेछैन ।

अनलाइनखबरले एमालेबाट निर्वाचित ८० जना प्रतिनिधिसभा सदस्यहरुको पार्टीभित्रको समीकरण बुझ्दा संस्थापन पक्षमा ५२ जना देखिएका छन् भने माधव नेपाल/झलनाथ खनाल समूहमा २६ जना मात्रै देखिएका छन् । संस्थापन पक्षभित्र केपी ओली, वामदेव गौतम र ईश्वर पोखरेलको समूह पर्छ ।

प्रदेशगतरुपमा निर्वाचित सांसदहरुमध्ये २ नम्बर र ४ नम्बर प्रदेशबाट माधव नेपाल पक्षका एकजना पनि छैनन् । ४ नम्बर प्रदेशमा एमालेबाट प्रतिनिधिसभाको उम्मेदवार बनेका सबै उम्मेदवार बिजयी भएका थिए, उनीहरु सबै ओली पक्षका छन् ।

प्रतिनिधिसभामा निर्वाचित भएर आएका सांसदहरुको संख्याका आधारमा संसदीय दलको नेतामा केपी ओलीलाई चुनौति दिने अवस्था माधव नेपाल पक्षको देखिँदैन । प्रतिनिधिसभामा नेपाल पक्षभन्दा दोब्बर सांसद ओलीको पक्षमा छन् । अब समानुपातिकबाट आउनेहरुको अनुपात पनि यस्तै हुने अनुमान गर्न सकिन्छ ।

एमालेभित्रको समीकरण र नेताहरुसँगको निकटताका आधारमा प्रत्यक्ष निर्वाचित भएका सांसद को कुन गुटमा छन् त ? हेरौं सूची-

केपी ओली पक्ष (५२ सांसद)

प्रदेश १
१- बसन्त नेम्वाङ, पाँचथर
२- सुवास नेम्वाङ, इलाम २
३- पवित्रा खरेल, झापा २
४- एलपी साँवा लिम्बु, झापा ४
५- केपी शर्मा ओली, झापा ५
६-राजेन्द्र गौतम, संखुवासभा
७- भवानी खापुङ, तेह्रथुम
८- राजेन्द्र राई, धनकुटा
९- घनश्याम खतिवडा, मोरङ १
१०-भानुभक्त ढकाल, मोरङ ३
११- विशाल भट्टराई, खोटाङ

प्रदेश २
१२- लीलानाथ श्रेष्ठ, सिरहा ३
१३- रघुवीर महासेठ, धनुषा ४

प्रदेश ३
१४-पार्वत गुरुङ, दोलखा
१५- गोकुल बास्कोटा, काभ्रे २
१६- भूमि त्रिपाठी, धादिङ १
१७- खेम लोहनी, धादिङ २
१८- कृष्णप्रसाद दाहाल, मकवानपुर १
१९- कृष्ण राई, काठमाडौं ३
२०- ईश्वर पोखरेल, काठमाडौं ५
२१- रामवीर मानन्धर, काठमाडौं ७
२२- कृष्णगोपाल श्रेष्ठ, काठमाडौं ९
२३- नवराज सिलवाल, ललितपुर १
२४- महेश बस्नेत, भक्तपुर २

प्रदेश ४
२५- कृष्णकुमार श्रेष्ठ, तनहुँ १
२६- केदार सिग्देल, तनहुँ २
२७- खगराज अधिकारी, कास्की १
२८ रविन्द्र अधिकारी, कास्की २
२९- जगत विश्वकर्मा, कास्की ३
३०- नारायण मरासिनी, स्याङ्जा १
३१- पद्माकुमारी अर्याल, स्याङ्जा २
३२- पदम गिरी, पर्वत
३३- डा.सूर्य पाठक, बागलुङ १
३४- भूपेन्द्रबहादुर थापा, म्याग्दी
३५- पोल्देन छोपाङ गुरुङ, मनाङ
३६- प्रेम तुलाचन, मुस्ताङ
३७- तिलक महत, नवलपुर २

प्रदेश ५
३८- छविलाल विश्वकर्मा, रुपन्देही १
३९- बिष्णु पौडेल, रुपन्देही २
४०- दलबहादुर राना, पाल्पा १
४१- प्रदीप ज्ञवाली, गुल्मी १
४२- नन्दलाल रोकाय, बाँके ३

प्रदेश ६
४३- रविन्द्रराज शर्मा, दैलेख १
४४- नवराज रावत, सुर्खेत २
४५- धनवहादुर बुढा, डोल्पा

प्रदेश ७
४६- झपट रावल, कैलाली २
४७- नारदमुनी राना, कैलाली ५
४८- नरवहादुर धामी, कञ्चनपुर २
४९- दामोदर भण्डारी, बैतडी
५०- गणेशसिंह ठगुन्ना, दार्चुला
५१- भैरवबहादुर सिंह, बझाङ
५२- लालबहादुर थापा, बाजुरा

माधव नेपाल पक्ष (२६ सांसद)

प्रदेश १
१- योगेश भट्टराई, ताप्लेजुङ
२- झलनाथ खनाल, इलाम १
३- लालबाबु पण्डित, मोरङ ६
४- जयकुमार राई, सुनसरी १
५- यज्ञराज सुनुवार, ओखलढुंगा

प्रदेश ३
६- गणेश पहाडी, सिन्धुली १
७- शेरबहादुर तामाङ, सिन्धुपाल्चोक २
८- नारायण खतिवडा, नुवाकोट २
९- बिरोध खतिवडा, मकवानपुर २
१० माधवकुमार नेपाल, काठमाडौं २
११- जीवनराम श्रेष्ठ, काठमाडौं ९
१२- कृष्णलाल महर्जन, ललितपुर २
१३- सुरेन्द्र पाण्डे, चितवन १
१४- कृष्णभक्त पोखरेल, चितवन २

प्रदेश ५
१५- घनश्याम भुसाल, रुपन्देही ३
१६- सोमप्रसाद पाण्डे, पाल्पा २
१७- गोकर्ण विष्ट, गुल्मी २
१८- मेटमणि चौधरी, दाङ १
१९- हिराचन्द्र केसी, दाङ ३

प्रदेश ६
२०- धु्रवकुमार शाही, सुर्खेत १
२१- गोपाल बम, मुगु
२२- राजवहादुर बुढा, दैलेख २

प्रदेश ७
२३- दीपक प्रकाश भट्ट, कञ्चनपुर ३
२४- प्रेम आले, डोटी
२५- भीमवहादुर रावल, अछाम १
२६- यज्ञवहादुर बोगटी, अछाम २

स्वतन्त्र
१- हृदयेश त्रिपाठी, नवलपरासी १
२- बृजेशकुमार गुप्ता, कपिलबस्तु २

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment