Comments Add Comment

चितवनमाथि भैरहवाको जित, पोखरा इलिमिनेटर राउण्डमा

११ पुस, काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटमा भैरहवा ग्लाडिएटर्सले चितवन टाइगर्समाथि ४ विकेटको जित निकालेको छ । यससँगै भैरहवाले क्वालिफायरमा स्थान बनाएको छ भने पोखरा राइनोज अन्तिम खेल अघि नै इलिमिनेटर राउण्डमा पुगेको छ ।

समूह चरणको सबै खेल जितेको विराटनगर वारियर्स समूहको शीर्ष स्थानमा छ । अब अघिल्लो चरणमा पुग्ने अन्तिम टोलीको टुंगो पोखरा र ललितपुरबीच हुने समूह चरणको अन्तिम खेलबाट लाग्नेछ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ९ विकेट गुमाएर ८७ रन बनायो । सुरुदेखि नै विकेट गुमाउन थालेको चितवनकाम कुनै पनि ब्याट्सम्यानले टिकेर खेल्न सकेनन् । दिपेन्द्र सिंह ऐरी र योगेन्द्र सिंह कार्कीले समान १५–१५ रन बनाए ।

उसलाई सस्तैमा समेट्ने क्रममा शरद भेषावकरले ३ विकेट लिए भने हरिशंकर साह र भुवन कार्कीले २–२ विकेट हात पारे ।

८८ रनको सामान्य लक्ष्य पछ्याएको भैरहवाको पनि सुरुवात राम्रो रहेन । एक रन जोड्दा दुबै ओपनरलाई गुमाएको भैरहवाको स्कोर २२ रन हुँदा तेस्रो विकेटका रुपमा भुपेन्द्र थापा व्यक्तिगत १३ रनमा आउट भए ।

तर, रोहित पौडेल र पुनित मिश्रले चौथो विकेटका लागि ४६ रनको साझेदारी गर्दै जितको आधार बनाए । रोहित व्यक्तिगत २० रनमा आउट भए ।

तर, थप २० रन जोड्न उसले दुई विकेट गुमायो । पुनित मिश्र ३० रनमा आउट भए भने कप्तान शरद भेषावकरले पनि ८ रन मात्र बनाए । शरद १९ औं ओभरको तेस्रो बलमा आउट हुँदा स्कोर टाइ भएको थियो ।

चौथो बलमा कमल सिंह ऐरीले नो बल फालेपछि भैरहवा ४ विकेटले विजयी बन्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment