Comments Add Comment

शुशील कोइराला मेमोरियल इन्टर-ल फुटबलको उपाधि काठमाडौंलाई

१२ पुस, काठमाडौं । काभ्रेको धुलिखेलमा सम्पन्न शुशील कोइराला मेमोरियल इन्टर-ल फुटबल टुर्नामेन्टको उपाधि काठमाडौं स्कुल अफ ल, भक्तपुरले जितेको छ । प्रतियोगिताको महिला र पुरुष दुवैतर्फको ष्पर्धामा काठमाडौं स्कुल अफ-लले जित निकालेको हो ।

काठमाडौँ विश्वविद्यालय धुलिखेलकोे मैदानमा भएको प्रतियोगिताको फाइनल खेलमा महिलातर्फ काठमाडौं स्कुल अफ लले चक्रवर्ती हवी-ल क्याम्पसलाई १–० गोलअन्तरले पाखा लगायो भने पुरुषतर्फ काठमाडौं स्कुल अफ लले काठमाडौं युनिभर्सिटी स्कुल अफ ल, धुलिखेललाई ३–१ गोल अन्तरले हरायो ।

उपाधि जितेसँगै काठमाडौंको महिला र पुरुषतर्फको टोलीले ४०/४० हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गरेका छन् । उपविजेता हुने टोलीले २०/२० हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाण–पत्र पाएका छन् ।

खेल अवधिभर उत्कृष्ट प्रदर्शन गर्ने छात्रातर्फ ओजस्वी पौडेल र छात्रतर्फ राजपल खेलको अवधिभरको उत्कृष्ट खेलाडी घोषित भए ।

खेलमा उत्कृष्ट खेलाडी राजपाल केसी, उत्कृष्ट गोल किपर सुस्मा केसी र छात्रतर्फ रन्जित तामाङ घोषित भए । त्यस्तै, सावित्री पाठक र सहदेव खत्री खेलको हाइस्कोरर घोषित भए ।

काठमाडौँ विश्वविद्यालय स्कुल अफ ल विद्यार्थी कल्याण परिषद्को आयोजनामा खेल सम्पन्न भएको आयोजक कलेजका विद्यार्थी धिरज जोशीले बताए ।

समापन कार्यक्रममा विजयी तथा उपविजयी खेलाडीहरुलाई पूर्व भि.सि. प्राध्यापक डा. सुरेशराज शर्मा, प्रा. डा. रामकण्ठ मकाजू, काठमाडौं स्कुल अफ ल डिन डा. बिपिन अधिकारी लगायतले पुरस्कार वितरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment