+
+

मध्यपूर्व र ओसिएनका एनआरएनएवीच सहकार्य र्न छलफल

अनलाइनखबर अनलाइनखबर
२०७४ पुष १२ गते १६:५६

२७ डिसेम्बर, सिड्नी । अष्ट्रेलियामा मध्यपूर्वी र ओसिएनका गैरआवसीय नेपाली संघ (एनआरएनए)को सहकार्य सम्बन्धी छलफल भएको छ ।

छलफल कार्यक्रममा हालै अष्ट्रेलिया भ्रमणमा रहेका एनआरएनएका मध्यपूर्व संयोजक आरके शर्माले ५५ देखि ६० प्रतिशत मध्यपूर्वबाट रेमिट्यान्स नेपाल भित्रने गरेको भन्दै मध्यपूर्व र मलेशियाबाट पठाएको रेमिट्यान्सलाई विलासितामा नभइ उत्पादनशीलतामा उपयोग गर्नु पर्ने बताए । त्यसका लागि सरकारले पहल गर्नुपर्ने उनको भनाइ छ ।

नेपालमा अरवीयन पर्यटक भित्र्याउन सकिने भन्दै उनले लगानीका लागि सरकारबाट पहल नभएको गुनाशो गरे ।

सोही कार्यक्रममा शर्माले मध्यपूर्वमा आर्थिक मन्दी भयो भने लाखौ नेपाली र्फकनुपर्ने अवस्था रहेको भन्दै त्यसको कसरी व्यवस्थापन गर्ने भन्ने बारे नेपालले सोच्नु जरुरी रहेको बताए ।

कार्यक्रममा अष्ट्रेलिया र मध्यपूर्वीको टिम मिलेर संयुक्त काम गर्ने प्रतिबद्धता उनले जनाएका छन् ।

यस्तै कार्यक्रममा शर्मालाई स्वागत गर्दै एनआरएनए ओसिएन संयोजक धर्मराज अधिकारीले प्रवासमा भएका नेपालीहरुको जतिसुकै प्रगति भएपनि देशको प्रगति नभएसम्म खुसी हुने स्थिति नरहेको बताए ।

नियम कानून नै निकै राम्रो भएकोले अस्ट्रेलियाको एनआरएनए नेतृत्व निस्कलंक भएको भन्दै उनलेसबै ठाउँका नेपाली मिलेर नेपालमा लगानी गर्न सकिने बताए ।

एनआरएनए का ६ वटा क्षेत्रवीच समन्वय गरेर काम गर्न आवश्यक रहेको उनको भनाइ छ ।

कार्यक्रममा सिड्नीमा कि्रयाशील विभिन्न नेपाली संघसँस्थाहरुको सहभागगिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?