Comments Add Comment

मुठभेडमा मारिए चार फुटका ‘मृत्युका व्यापारी’

१२ पुस, काठमाडौं । भारतीय सुरक्षा बलले चर्चित चरमपन्थी नूर मोहम्मद तान्त्रेलाई श्रीनगरको बाहिरी इलाकामा भएको एक मुठभेडमा मारेका छन् ।

नूर मोहम्मद तान्त्रे चरमपन्थी समूह जैश–ए–मोहम्मदको कमाण्डर हुन् । पुलिसका अनुसार लामो समयसम्म चलेको मुठभेडपछि तान्त्रे मारिएका हुन् ।

तान्त्रे पुलमवामास्थित घरमा अन्य दुई चरमपन्थीसहित रहेको सूचना प्रहरीले पाएको थियो ।

तान्त्रेलाई सन् २००३ मा गिरफ्तार गर्ने एक पुलिस अधिकारका अनुसार छोटो कदका भएका कारण नै उनलाई चरमपन्थीले आफ्नो समूहमा संलग्न गराएको थियो ।

तान्त्रे मात्र चार फुट दुई इन्चका थिए । अधिकारीका अनुसार कसैलाई पनि उनी चरमपन्थी भएको शंका हुँदैनथ्यो, त्यसैले जैश–ए–मोहम्मदले उनलाई ओभर ग्राउण्ड वर्करका रुपमा भर्ति गरेको थियो ।

तर, छाटो कद नै उनको पहिचान बन्यो र सुरक्षा बललाई पहिचानका लागि पनि सहज भयो ।

४७ वर्षका नूर मोहम्मद तान्त्रेलाई एक मुद्दाका क्रममा ‘मृत्युका ब्यापारी’ भनिएको थियो ।

२००१ मा भारतीय संसदमा भएको आक्रमणका कथित मास्टरमाइण्ड र जैशका कमाण्डर गाजी बाबा निकट थिए । २००३ मा जब उनी दिल्लीमा गिरफ्तार भए, उनको साथबाट बोराभरी नोट भेटिएको थियो ।

२०११ मा उनलाई आजीवन कारावास सजाय सुनाइयो तर, २०१५ मा परोल (केही प्रतिज्ञामा जेलबाट पाएको छुटकारा) तोडेर भागेका थिए । त्यसपछि उनी पुलिसका लागि टाउको दुखाईको विषय बनेको थियो ।

उनले मध्य कश्मीर क्षेत्रमा जैश–ए–मोहम्मदको कमाण्ड सम्हालेका थिए । बीबीसीका अनुसार अक्टोबरमा श्रीनगर एयरपोर्टको बीएसएफ क्याम्पमा भएको आक्रमणकमा पछाडि पनि तान्त्रेको भूमिका रहेको मानिएको छ ।

जम्मू कश्मीर पुलिसका महानिर्देशक उसपी बैद्यका अनुसार गोप्य खुफिया सूचनाका आधारमा चलाइएको अभियानमा तान्त्रे मारिएका हुन् । मारिनु अघि उनी श्रीनगर जम्मू हाइवेमा आक्रमणको योजनामा रहेको प्रहरीको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment