Comments Add Comment

नेप्से १४ सयको मनोवैज्ञानिक टेवा परिक्षणमा


१३ पुस, काठमाडौं । दुई दिन यताको बजार प्रवृत्तीले नेप्से परिसूचकले टेवा पाउने सम्भावना देखिएको छ ।

दुवै दिन कारोबारको मध्यमा उच्चले बढेको नेप्से अन्तिममा भने घटेको छ । नेप्से १४ सय विन्दुमा आइपुग्दा लगानीकर्ताहरुमा आत्मविश्वास बढेर गएको छ । कारोबार रकममा दैनिक रुपमा भएको वृद्धिले पनि यही कुराको संकेत गर्छ । बुधवार ७० करोडभन्दा बढिको कारोबार भएको बजारमा विहीबार ८१ करोड रुपैयाँ पुगेको छ । सात कारोबार दिनमा नेप्सेले ९४ अंक भने गुमाइसकेको छ ।

यद्यपी बजारमा कारोबार वृद्धि हुनुमा नेपाल टेलिकम र स्ट्याण्डर्ड चार्टर्ड बैंकको पनि केही भुमिका रह्यो । यी दुवैको मात्रै ३३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । दुवैको लाभांश प्राप्त गर्ने अन्तिम दिन भएकोले कारोबार बढेको हो ।

बिहीवार १४०९ सम्म पुगेर फर्केको नेप्से बजार बन्द हुँदा भने १४१४ मा आइपुगेको छ । बैंकिङ प्रणालीमा पुँजीको चाप नघटेपनि मनोवैज्ञानिक तहमा भने बजार अड्एिको देखिन्छ । प्रत्येक सतक विन्दुलाई लगानीकर्ताहरु मनोवैज्ञानिक तहको रुपमा लिन्छन् ।

बिहीवार बजारलाई सम्हाल्न राष्ट्र बैंकको पहलले पनि काम गर्यो । तरलता अभावको समस्या कम गर्न राष्ट्र बैंकले विकास ऋण पत्र खरिद गर्ने घोषणा गरेकोले पनि सेयर बजारमा सुधारको आशा सञ्चार भएको छ । राष्ट्र बै.कले ५ अर्ब रुपैयाँको विकास ऋणपत्र खरिद गर्ने भएको हो । यस्तो ऋण पत्र किनेका बैंक तथा वित्तीय संस्थाले समेत पुँजी अभाव कम गर्न यसको बिक्री गर्न सक्नेछन् ।

बजारमा सबैभन्दा धेरै भार भएको बैंकिङ समूहको परिसूचकमा भने उच्च अंकको गिरावट कायमै छ । यसले लगानीकै लागि अवस्था अझै सहज नभएको संकेत भने गर्छ । यसको भार लगभग ७० प्रतिशत बराबर रहेको छ ।

घट्दा चल्छ सिफ्टिङ रणनीति, तर कम्पनी नै कम

बजार घट्दा पछिल्लो समय लगानीकर्ताहरु सिफ्टिङको रणनीति पनि अपनाउछन् । अर्थात् बैंक तथा वित्तीय संस्था वा बीमामा मात्र केन्द्रीत भइरहेको लगानीकर्ताहरु अन्य समूहका सेयर किन्न थाल्छन् ।

‘विहीवार पनि बजारमा यस्तो प्रवृत्ति देखियो, तर यहा यस्तो रणनीति अपनाउन कम्पनीहरु नै कम छन्,’ एक ब्रोकरले भने । एउटा समूह तल झर्दा कम मूल्यमा कारोबार भइरहेका अन्य समूहका कम्पनीहरुको सेयर किन्ने रणनीतिलाई सिफ्टिङ भनिन्छ ।

तर, नेपाली सेयर बजारमा बैंक तथा वित्तीय संस्था र बीमा समूहका कम्पनीहरु ८० प्रतिशत बराबर रहेकोले पनि लगानीकर्ताले यस्तो रणनीतिबाट ठुलो लाभ लिन सक्दैन् ।

विहीवार ट्रेडिङ समूहको हिमालयन डिष्टिलरी र होटल समूहको तारागाँउ रिजेन्सि र ओरियण्टल होटलको सेयर मूल्य बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment