१४ पुस, काठमाडौं । काठमाडौंको जडिबुटीमा पार्किङ गरेर राखेको स्कुटर चोरी गर्दै गर्दा एक जना युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा ओखलढुंगाको रगानी घर भइ हाल काठमाडौंको बौद्ध बस्दै आएका ३० वर्षीय दावा शेर्पा छन् ।
गएराति काठमाडौं–३२, जडिबुटीस्थित स्माइला डान्सबार अगाडि पार्किङ गरी राखेको बा ५० प १७७ नम्बरको स्कुटर चोरी गर्दै गरेको अवस्थामा उनलाई महानगरीय प्रहरी प्रभाग, कोटेश्वरको प्रहरी टोलीले पक्राउ गरेको हो ।
उनको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4